ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

अपरेशन सेवा दोब्बर गर्ने योजना अधुरै
२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो ।

यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । सेवा सुचारुसँगै सातामा ५÷६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ ।

यो सेवालाई थप बिस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले बिलम्ब भइरहेको डा. ढकालले बताए । ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपेरिटेन्डेनमा नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिएटर थप गरी शल्यक्रिया सेवालाई दोब्बरमा वृद्धि गर्ने प्रतिवद्धता गरेका थिए । तर, उनको नियुक्तीको विषयलाई लिएर आदालतमा मुद्दा परेपछि हाल आर्थिक तथा प्रशासनिक अधिकार नभएरका कारण प्रतिवद्धता पूरा गर्न नपाइएको डा. ढकालले गुनासो गरे । अस्पतालमा शल्यक्रिया सेवाका लागि बिरामीले महिनौं समय पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

ढकाल मेसु भएपछि गत असारदेखि अनलाइन टिकेटको व्यवस्था सुरु गरेका थिए भने अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था गरेका थिए । लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतकै कारण बिकास समिति निश्क्रिय छ भने मेडिकल सुपेरिटेन्डेनको विषय पनि अदालतमै गएर अड्किएको छ । ६ अरब बढीको नयाँ भवन निर्माणको कार्य जारी रहेको अस्पतालमा अदालती विवादले नेतृत्वविहिन बन्दा योजनाको प्रकावकारी कार्यन्वयनमा प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?