ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

दाङ, २ साउन ।

घोराही ५ धारापानीमा शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती शुरु भएको छ । साउन महिनाभर चल्ने महायज्ञको उदघाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले पाण्डवेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने काममा घोराही उपमहानगरपालिकाले चासो लिएको बताए । आध्यत्मिक जागरणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मन्दिर व्यवस्थापन समितिले हिजोका दिनबाट थालेको प्रयास अनुकरणीय रहेको बताए । उनले धर्मले मानिसलाई अनुशासित बनाउने भएकाले धार्मिक कार्यको छुट्टै महत्व रहेको बताए । पाण्डवेश्वर मन्दिरले गरेको कामले फड्को मारेको भन्दै धार्मिक, सांस्कृतिक सम्पदा संरक्षणको पर्याय बनेको बताए ।

घोराहीदेखि धारापानी मन्दिरसम्मको क्षेत्रलाई विशेष रुपमा पालिका अघि बढाउने काम थालेको भन्दै आगामी दिनमा पालिकाले धार्मिक पर्यटनसँगै आर्थिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । धार्मिक जागरण फैलाउने उद्देश्यले शुरु भएको शिव महापुराण महायज्ञले पाण्डवेश्वर मन्दिरको विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

पाण्डवेश्वर धामको धार्मिक तथा पर्यापर्यटकीय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले सञ्चालन गरेको महायज्ञ सफल बनाउन आवश्यक सुरक्षा प्रवन्ध मिलाउने प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए । गतवर्ष पनि एक महिने पुरान लागेकाले सोही अनुरुप सुरक्षामा खटिने जानकारी गराए ।

श्री शिवमहापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक रहेका छन् ।

श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन हुनेछन् । जसमा आरती संकल्प, ब्राह्मण भोजन, प्रसादी वितरण, बोलबम्, रुद्राभिषेक र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तीका एक करोड दीप प्रज्वलन कार्यक्रम हुनेछन् । साउनको २ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पूजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायण, बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने छन् ।

महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा बाल उद्यान समेत संचालन गरिएको छ ।

महायज्ञका लागि महायज्ञ मुल आयोजक समितिले विभिन्न उप समितिले गठन गरेको छ । जस अनुसार शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पुजा व्यवस्थापन उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाईनिङ तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति रहेको छ ।

त्यसैगरी रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधिलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर बिकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेशकुमार अधिकारीको संयोजकत्वमा यज्ञ संचालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मूल आयोजक समिति संयोजक गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम मन्दिर व्यवस्थापन समिति सदस्य विवेक श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णुराम आचार्यले गरेका थिए । साउन १ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?