© २०२३
गैंडहवा, १ साउन ।
रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ लौसास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा जन्मदिनको अवसरमा ड्रेस तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
विदेशमा बस्ने बुटवलका गणेश खत्रीले जेहन्दार बिद्यार्थीहरुलाई आफुले जन्मदिनको अवसरमा हुने फजुल खर्च बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । नेपालमा रहेका साथीहरूसंग सहकार्य गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको उनले बताए ।
त्यस्तै कार्यक्रममा बुटवलमा रहेर लामो समय समाज सेवा अभियान्ताको रुपमा काम गर्दै आएका थमन पुनले आफ्नो साथी गणेश खत्रीको जन्मदिनको अवसरमा उपलब्ध गराएको १५ हजारले बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा आफुले बालापनमा ड्रेस कापी नपाउँदा पढ्न दुःख भएको सम्झदै सामग्री दिंदा खुसी लागेको बताए । उनले थप कुनै सहयोग आवश्यक परेमा दुर्गा माध्यमिक बिद्यालय संग समन्वय सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा अभियान्ता भरत केसी, पत्रकार ईन्द्र खत्री, राजन रसाइली, प्रकाश बस्याल, पत्रकार दिनेश घिमिरे लगायतले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सन्तोष श्रेष्ठल विद्यालयमा शैक्षिक सामग्री ड्रेस उपलब्ध गराउने वातावरण गराउने बिद्यालयका संस्थापक शिक्षक जमुना अधिकारी जिसीलाई धन्यवाद दिदै जन्मदिनको अवसरमा विदेशमा रहेर पनि विद्यालयलाई सहयोग गर्ने गणेश खत्री लगायतको टिमलाई धन्यवाद दिएका थिऐ ।
३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र १५ जना विद्यार्थीलाई ड्रेस वितरण गरिएको थियोे शिक्षक निर्मल अधिकारीले जानकारी दिऐ ।