ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सिँचाईले ल्यायो खुसी

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

पाल्पा, १ साउन ।

पाल्पा रामपुर वराहटारकी इश्वरी सेन खेतमा पानीको पालो पर्खनु भन्दा खेत नै बिक्री गर्न खोजेकी कृषक हुन् । टाढाबाट कुलो बनाएर पानी ल्यायो तल सम्म आई पुग्दा आधा पानी चुहिएर खेर गएपछि हारै मानेर पानी लगाउन दु.ख गर्न भन्दा खेत नै बिक्री गर्न खोजेको उनी बताउँछिन् ।

खेतमा पानी लगाउने कुलाको व्यवस्थित नहुँदा समस्यामा परेका २० भन्दा बढी घर परिवारले सदैव हैरानी खोप्नु परेको थियो । समथर जमिन त्यसमाथि उर्वर भएपनि सिंचाइको समस्याका कारण खेतबाट आम्दानी लिन कठिन थियो । यस क्षेत्रमा २ सय रोपनी क्षेत्रफल रहेको जमिनमा आधा जमिन आकासे पानीमा निर्भर हुनु परेको र कुलो जति बनाए पनि आधा भन्दा बढी पानी चुइहिएर जाने गरेको थियो । हामी भन्दा अगाडिका यस जमिनका पुस्ताले पनि कुलोको निम्ति सास्ती नै खोप्नु परेको र हाम्रो आधा जिवन पनि सास्ती नै खेपेर बितेको स्थानीय डम्बर खनाल बताउँछन्

समय समयमा आवश्यक मल, बिउ, समय समयमा तालिमका लागि भनेर गठित बराह कृषि सहकारी यतिखेर सिचाईको मुख्य सहयोगी भएको स्थानीयहरु बताउँछन् । गत वर्ष कृषि ज्ञान केन्द्रमा कम लागतमा सम्पन्न गर्न सकिने योजनाको सुचना प्रकाशित भयो । सहकारीले सिचाइका लागि गरेको प्रस्ताव योजना छनोटमा प¥यो । स्थानीय जनताको सहभागितमा समेत ५ लाख लगानीमा कुलो निर्माण भएपछि विगतमा सिचाइको कारणले बिक्री गर्छु भन्नेले आज बिक्री गर्दिन भन्न लागेको स्थानीय जमुना राना बताउँछिन् । यसबाट धान बालीका लागि मात्र नभई हिउँदे वालीका लागि समेत उपयुक्त हुने भएकाले सिचाइको खुशीयाली थपिदिएको कृषकहरु बताउँछन् ।

विगतमा कृषि विकास कार्यालयले साना सिचाई भन्ने कार्यक्रम संचालन गर्दै थियो । मुलुक संघीय संरचनामा परिवर्तन भएपछि सेवा क्षेत्रको स्वरुप बदलियो त्यही कार्यक्रमलाई सिचाई सहित कृषि विकास बजेट थप भई संचालन गरेको ज्ञान केन्द्रका प्राविधिक लव कुश कुर्मी बताउँछन् । “सिचाईको माध्यमबाट कृषकहरुको जीवनस्तर उठाउने हाम्रो उद्देश्य हो । ठुला ठुला परियोजना भन्दा यस्ता स–साना योजना तथा कार्यक्रमहरु प्रभावकारी भएका छन्”–उनी भन्छन् ।

कृषकहरुको समूह सहकारी फर्म मार्फत सिचाई सहित कृषि विकास कार्यक्रम रामपुर नगरको तल्लो वडेमान कृषक समूहमा समेत प्रभावकारी भएको छ । वर्षमा २ वाली खेति गरेका कृषकहरुले समेत पक्की कुलो नहुँदा पानी लगाउन हैरानी खेप्नु परेको स्थानीय कृषक शारदा क्षेत्री बताउँछिन । टाढाबाट पानी ल्याउनु पर्ने दिनभर डोकोमा माटो बोकेर चुहिएको ठाउँमा टाल्नु पर्ने राति फेरी उस्तै हुने समस्या थियो । ५ किलो मिटर टाढाबाट कुलो ल्याउनु पर्ने निकै सास्ती र हैरानी थियो । यस वर्ष आधा भन्दा धेरै कुलो पक्की भयो विगतमा जस्तो सास्ती र हैरानी खेप्नु परेन । यसवर्ष व्यवस्थित कुलो बढेकाले आउने वर्ष देखि धान लगाउने कृषकको संख्या बढ्नेछ । वर्षे धान लगाउने कृषकको संख्या पहिलाको तुलनामा घट्दै छ । जसोतसो गरेर भएपनि यहाँका कृषकहरुले वर्षे धान लगाउन निरन्तता दिएका कारण कृषि ज्ञान केन्द्रले समेत प्राविधिक सहित अन्य सहयोग गर्दै आएको छ । आउने वर्ष थप निरन्तता हुने स्थानीय कृषकहरु बताउँछन् ।

जिल्लामै पहिलो पटक पुष्प खेति गरेका रामपुरका दिल बहादुर थापा पानी तान्ने र पुष्प खेति सहित मौसमी तथा बेमौसमी तरकारी खेति सिचाईका लागि मोटरका लागि सजिलो भएको बताउँछन् । सिचाईको सहयोगको कार्यक्रमले आफुलाई थप हौसला बढेको उनी बताउँछन् ।

तानसेन नगरको तिन्टीआपका श्याम बहादुर बौडेल जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेति गर्ने कृषक हुन् । उनका लागि कृषि ज्ञान केन्द्रले पलाष्टिक पोखरी निर्माणका लागि सहयोग गर्दा आफुलाई थप हौसला प्राप्त भएको बताउँछन् । यस्ता कार्यक्रम साना कृषकहरुका लागि निकै प्रभावकारी भएको उनी आफ्नो अनुभव सुनाउँछन् । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी भन्छन्, “यो कार्यक्रमबाट पक्की कुलो सिमेन्ट पोखरी, पलाष्टिक पोखरी, थोपा सिचाई जस्ता कार्यक्रम भएका छन् । यसका लागि ३० लाख रुपैयाँ बाट २१ वटा योजना सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?