ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

संघीय सरकारमा लुम्बिनीबाट पौडेल र अधिकारी मात्रै

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

बुटवल, १ साउन । संघीय सरकारले नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले र नेपाली कांग्रेस बिचको गठबन्धनबाट सरकारमा सहभागी भएका पार्टीका मन्त्रीहरू मध्ये सबैभन्दा ओजपूर्ण लुम्बिनी प्रदेशबाट विष्णु प्रसाद पौडेल उपप्रधान तथा अर्थ मन्त्री भएका छन् । रूपन्देही क्षेत्रनम्बर २ बाट निर्वाचित भएका उनी बुटवलका बासीन्दा पनि हुन् ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेल एमाले पार्टी भित्र ओलीका विश्वास पात्र तथा प्रभावशाली मानिन्छन् । उनी यो संगै अर्थमन्त्रालयमा पाँचौ पटक मन्त्री बनेका हुन । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

सोमबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । सरकारको साेंच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले बताए । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने उनको भनाइ छ । उनले शेयर बजार अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना रहेको बताए । पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।

यस्तै बलराम अधिकारी नेकपा एमाले बाट मन्त्री बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री अधिकारी कपिलवस्तुका हुन । प्रत्यक्ष (कपिलवस्तु १) नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित अधिकार बाणगंगा नगरपालिका–८, चप्परगाउँ, कपिलवस्तुका हुन ।
२०३४ सालदेखि विद्यार्थी राजनीति सुरु, २०३८ सालमा कास्कीमा विद्यार्थी र पार्टी राजनीति सुरु, २०४३ सालमा कपिलवस्तुमा बसाइँ सरेपछि अधिकारीकै नेतृत्वमा नेकपा माले पार्टी सम्पर्क कमिटी गठन, २०४७ सालमा एमाले गठन भएपछि जिल्ला सचिवालय सदस्य र संगठन विभाग प्रमुख, २०५५ सालदेखि १५ वर्षसम्म पार्टीको प्रमुखका रूपमा सचिव र पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि अध्यक्ष, एमाले लुम्बिनी प्रदेश समितिको कार्यालय सचिव भई दुई वर्ष काम गरेका थिए । अहिले एमाले पार्टी केन्द्रीय सदस्य र कपिलवस्तु इन्चार्ज रहेका छन् । २०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ३ र २०६४ मा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । दुवै निर्वाचनमा पराजित भएका उनी २०७० मा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा विजयी भएका हुन । साढे चार दशकभन्दा लामो राजनीतिको अनवरत यात्रामा रहेका अधिकारी राजनीतिमा अनुभवी नेताका रूपमा चिनिन्छन् । राजनीतिक आन्दोलनका क्रममा चारपटक प्रहरीद्वारा पक्राउ परी प्रहरी हिरासतमा समेत परेका थिए ।
उनी दोस्रो पटक भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बनेका हुन । यो बाहेक लुम्बिनी प्रदेशबाट कुनै पनि मन्त्रीले संघीय सांसदमा यो पटक स्थान पाएनन् । २२ सदस्य मन्त्री मण्डलमा दलित समुदायबाट शुन्य प्रतिनिधित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?