© २०२३
काठमाण्डौ ।
युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दैछन् । फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुनेछ ।
पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन र दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस्लाई २–१ गोलले नै हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।
यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् । स्पेनले अहिलेसम्म तीन पटक उपाधि जितेको छ । यसपटक जितेमा उसले सर्वाधिक चार पटक उपाधि जित्नेछ ।
त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्यान्ड अघिल्लो संस्करणमा इटालीसँग फाइनलमा पराजित भएको थियो । इङ्ल्यान्डका ह्यारी केनका लागि पनि व्यक्तिगत रूपमा आजको फाइनल खेल महत्वपूर्ण उपाधिको अवसरका रूपमा रहेको छ ।