© २०२३
बुटवल, २९ असार । साईकल साथी सैनामैनाले बडिबिल्डिङका अन्तराष्ट्रिय खेलाडी कृष्ण प्रसाद श्रेष्ठलाई आर्थिक सहयोग गरेका छन । ईन्डोनेसियामा हुन लागेको ५६ औ एशियन बडिबिल्डङ च्याम्पियनसिप २०२४ मा नेपालको तर्फबाट भाग लिने उनलाई क्लबका सदस्यहरुबाट आर्थिक सहयोग जुटाएर ३६,७०० रुपैया बराबरको चेक हस्तान्तर गरिएको हो ।
एक समारोहका बिच सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्मा, लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठ, साईकल साथी सैनामैनाका अध्यक्ष गगन राना, सचिव बिष्णु गौतम, मानार्थ सदस्य एचबि वर्माले श्रेष्ठलाई चेक हस्तान्तरण तथा क्लबको टिसर्ट सार्वजनिक समेत गरिएको छ । श्रेष्ठ भर्खरमात्र १४ औ साउथ एशियाली बडिबिल्डिङ प्रतियोगितामा फस्ट रनरअपको उपाधि चुमेका थिए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुखलाई तथा क्लबका संरक्षक फणिन्द्र शर्माले सैनामैना नगरलाई साईकल नगरको रुपमा चिनाउने गरि गतिविधिहरु भैरहेको बताए । नगरमा साईकल उत्सव गरेर युवा खेलाडीहरुलाई आर्कषित गर्ने, मात्र नभई साप्ताहिक रुमा सरसफाई, रक्तदान, साईकल रेस लगायत गरि विविध कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले खेलमार्फत एकअर्कामा सहकार्यको उदाहरण पेश गर्ने गरि कार्यक्रम गरिएको बताए । प्रदेशमा साईकल गतिविधिसंगै संस्थागत रुपमा अघि बढ्न जरुरी रहेको भन्दै उनले दक्ष खेलाडी र प्राविधिक उत्पादनमा जोड दिने बताए ।
कार्यक्रममा साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले साईकलमार्फत एकआपसमा भाईचारा विकास गर्दै अघि बढेको क्लब अहिले ३ दर्जन बढीको परिवार बन्न सफल भएको बताए । क्लबमा आवद्घ भई खेलकुदसंगै सामाजिक कार्यमा अग्रसर रहने उनले बताए । क्लबलाई चलायमान गराउन सबै सदस्यहरुको भुमिका रहने भन्दै सबै मिलेर अघि बढ्ने बताए । साइकल साथी सैनामैनाको सदस्यहरुबाट सहयोग जुटाएर रकम हस्तान्तरण गरिएको उनले बताए । क्लब सिक्ने र सिकाउने थलोका रुपमा प्लेटफर्म भएको हुदा सबै अग्रसर हुन उनले आग्रह गरे ।
कार्यक्रमका संयोजक सुजित कुवरले कार्यक्रममा साईकल साथी सैनामैनामा आवद्घ भई यस वर्ष एसईई परिक्षामा उतिर्ण सदस्यहरुलाई सम्मान गरिएको बताए ।