© २०२३
नेपालगञ्ज, २९ असार ।
जिल्ला प्रहरी बाँकेले २४ लाख बढी रुपैयाँ सहित हुण्डी कारोबारमा संंलग्न चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज–१२ बेलासपुरको एक घर भाडामा लिएर नविल रेफ्रिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको टिभी, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई शुक्रबार पक्राउ गर्नुका साथै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रहरीले उक्त पैसासहित नेपालगन्ज–१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज–३ का २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर–७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–७ घर भएर हाल नेपालगन्ज–३ बस्ने ३० वर्षीय राहुल देवललाई शुक्रवार पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट हिसाबकिताब राखिएको कापी, विभिन्न व्यक्तिको नाममा पैसा पठाएको भौचरहरु बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।