ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

अनुभव बाँड्दै पढाउन सिक्दै

२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

बुटवल, २९ असार । लोकनाथ कडेल शन्ति नमुना माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक हुन् । लामो समय सम्म गणित विषय अध्यापन गराएका कडेललाई गणित विषयमा धेरै विद्यार्थी कमजोर हुँदा असाध्यै पिडा हुन्छ । उनी भन्छिन् विषयबस्तुका हिसाबले गणित विषय असजिलो हुन्छ भन्ने भ्रमका कारण पनि विद्यार्थीहरूको गणित विषय प्रतिको बुझाईका कारण समस्या भएको हो । तर आजभोलि साना साना सिकाईले विषयबस्तुलाई सहज बनाएको छ । शिक्षकले पनि पहिले भन्दा धेरै फर वातावरणमा पढाउन पाउने अवस्था सृजना भएको छ । त्यसैगरी अभिभावकले पनि आफ्ना सन्तानलाई शिक्षकले मात्र नभएर आफूले पनि समय दिएर अध्यापन गराउने वातावरणले पनि सहन भएको छ । त्यसैगरी शिक्षासँग सम्बन्धि विभन्नि कार्यक्रमहरू आइरहेका छन् । स्थानीय सरकार प्रदेश सरकार र संघ सरकारका कार्यक्रमहरूले पनि शिक्षण गर्न सहज भएको छ ।

नयाँ सिकाईले विद्यालय सुधार्र महत्वपूर्ण भूमिका रहने सेमरा माध्यमिक विद्यालयका प्रअ खेमराज पाण्डेयले बताउँछन्, । उनले सरकारी निकायहरू बेला बेलामा शिक्षकहरूको गुणस्तरलाई बढाउने खालका कार्यक्रम गर्दा शिक्षण गर्नका लागि पृष्ठपोषण प्राप्त हुने बताए । त्यसै गरी शैक्षिक सफलता प्राप्त गरेका विद्यालयका योजना र सिकाई बुझ्ने सिक्ने मौकाले पनि आफनो विद्यालयलाई सुधार्न सहयोग पुग्ने गरेको उनको भनाइ छ । अरू विद्यालयका राम्रा अभ्यासहरूबाट विद्यालयलाई राम्रो बनाउन प्ररेणा मिल्ने गिवार्ण माध्यमिक विद्यालयका प्रअ केदारचन्द्र पराजुली बताउँछन् । उनले समय अनुसार हामीले पनि परिर्वतन खोजिरहेका छांै । त्यसलाई पछ्याउने प्रयास छ, त्यसैले सरकारका तर्फबाट हामीलाई प्रोत्साहन र पुनर्ताजगी जस्ता कार्यक्रमहरू आवश्यक हुन्छ । छलफलबाट मैले पनि साना–साना विषयलाई विद्यालयमा लागु गर्न सके भने प्रगति टाढा छैन भन्ने महसुस गरे । साना काम र कुरालाई प्राथमिकतामा राख्न सके नतिजा सकारात्मक आउन छभन्ने विश्वास सिकाई भयो । त्यसैले पनि यस्ता भेटघाट अत्यन्त महत्वपुर्ण भयो ।

शुक्रबार शिक्षा विकास तथा समन्वय ईकाई रूपन्देहीको आयोजनामा बुटवलमा भएको सिकाई सहजीकरण तथा शौक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी माध्यमिक तहका प्रधानाध्यापकहरूसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका प्रअहरूले सिकाईले नै परिवर्तन हुने बताएका थिए । शिवकुमारी अर्याल प्रगती माध्यमिक विद्यालय, बुटवलकी प्रअ हुन् । उनले भनिन् –शिक्षकले सिक्नु भनेको विद्यालयको प्रगती हुनु हो । त्यसैले समयम समयमा शिक्षकका लागि तालिम बहस आवश्यक छ ।’ उनी भन्छिन्–‘जबसम्म एउटा शिक्षकले पुरा ज्ञान वा जानकारी पाउँदैनन कसरी विद्यालयको शिक्षामा सकारात्मक परिर्वतनको आश गर्न सकिदैन । त्यसैले पनि सम्बन्धि निकायले शिक्षको प्रगतिका लागि शिक्षकको क्षमता बढाउन आवश्यक हुन्छ ।

जनचेतना माध्यिमक विद्यालयका सामाजिक शिक्षक रेशम चालिसेले विद्यालय सुधारका लागि प्रअ, शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति र स्थानीयबासी सकारात्मक हुन आवश्यक छ । त्योसँगै शुक्रबारका जस्ता सकारात्मक कक्षाहरू शैक्षिक सत्रको शुरुमा हुन आवश्यक छ त्यस पछि शिक्षकले कसरी शिक्षण विधि बनाउने विद्यार्थी कसरी सकृय सहभागितामा लगाउने भन्ने विषयबारे सोच्ने अवसर मिल्छ । कोटिया माध्यमिक विद्यालयका प्रअ रमेश बस्यालले राम्रा काम गरेका नमुना विद्यालयका सिकाईले आफनो विद्यालयमा पनि लागू गर्न सकिने बताए । उनले सिकाई सिक्ने अवसर भएको भन्दै अन्तक्र्रिया अत्यन्त राम्रो लागेको बताए । उनले आफूहरूले साना–साना सम्झेका कुराहरू नै प्रमुख रहेछन् तिनै कुरालाई कडा रूपमा लागू गर्न सके विद्यालयको नतिजा धेरै राम्रो बन्न सक्ने बताए । शुक्रबारको बसाईले सकारात्मक उर्जा भरेको भन्दै यस्ता बहस छलफलले विद्यालयमा योजना बनाउन र कार्यान्यवन गर्न सहज वातावरण सृजना गर्ने बताए ।

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले शिक्षकहरूले पदिए दायितवलाई स्थापित गनुपर्नेमा जोड दिए । उनले शिक्षकहरूले विद्यार्थीहरूलाई खुशी बनाएर शिक्षण गर्न सके नजिता सकारात्मक आउने विश्वास व्यतm गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई रूपन्देहीका प्रमुख माधव बञ्जाडेले रूपन्देहीको पछिल्लो समयको संमग्र शिक्षा । नतिजाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै कालिका माविका पुर्व प्रअ घनश्याम पाठकले कालिका विद्यालयले सबै कुराहरू अग्रिम योजना बनाएर गरेका कारण सफल भएको बताए । उनले देख्दा साना देखिने विषयहरूलाई योजनामा पारेर काम गरेका कारण आजको कालिका भएके तर्क गरे । उनले अरू विद्यालयले पनि कालिका मा.वि.बाट धेरै सिकेर आफ्ना विद्यालयमा लागु गर्नसके सफल हुने विश्वास व्यतm गरे । कार्यक्रममा रूपन्देहीका सामुदायिक विद्यालयका प्रअ, शिक्षक प्रतिनिधि तथा विभिन्न पालिकाका शिक्षा शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission