ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

त्रिशुलीमा ५४ जना बेपत्ता भएको पुष्टि, १७ जनाको पहिचान खुल्यो

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

काठमाडौँ ।

आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।  वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन्।

उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ।

त्रिशूलीमा खसेकाे अर्काे बसमा झण्डै ३० जना यात्रु सबार हेको अनुमान प्रहरीको छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले एकसाथ दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा झारेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका जानकारी दिए। आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?