ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

होटल पौवाको १४ औं शाखा सिन्धुलीमा

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

नेपालगन्ज ।

नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ ।

नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो ।

काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औं शाखा संचालन गर्न सम्झौता गरिएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष भण्डारीले दाबी गरे । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए ।

‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’ १२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औं शाखाको रुपमा नेपालगन्जमा ५ तारे होटल निर्माणाधिन रहेको छ भने १४ औ शाखाकारुपमा सिन्धुलीमा संचालन हुन थालेको हो ।

२० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा रुम सहित स्वीमिङ पुलको सुबिधा, बाल उद्यान, फलफुलको बगैचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यस अघि नै ख्याती कमाएको स्थल हो । ‘मिसन १००’ को यात्रा नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो ।

एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा देशभरका बिभिन्न शहरका १२ स्थानमा संचालनमा रहेको छ । विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीयस्थल सिन्धली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बथाए ।

रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि नेपालगन्जमा निर्माणाधिन सहित सिनधुलीमा १४ औं शाखा संचालन गर्ने भएको हो । पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड बिभाग प्रमुख बिष्णु भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?