ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

रवि हत्याका अभियुक्त पक्राउ गर्न दवाब दिंदै युवा संघले बुझायो ज्ञापनपत्र

पक्राउ नपरे बन्द हड्तालका कार्यक्रम गर्ने चेतावनी
२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

भैरहवा, २७ असार ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले रवि थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न ज्ञापन पत्र मार्फत प्रहरी प्रशासनलाई दवाव दिएको छ ।

विहीवार युवा संघ रुपन्देहीका अध्यक्ष विकास बस्नेतको नेतृत्वमा सय बढी युवाहरु जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर संघका पुर्व सदस्य रवि थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

संघको तर्फबाट अध्यक्ष वस्नेतले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित प्रहरी प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा घटनालाई नजर अन्दाज गरेर अपराधीलाई तत्काल पक्राउ नगरिए बन्द अडतालसम्मका विरोधका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्रमा भनिएको छ, “घटनाको अनुसन्धान मार्फत अपराधीलाई पक्राउ गरी सजाय दिने काममा भएको ढिलासुस्ती र लाहपरवाहीप्रति गम्भीर आपत्ति प्रकट गर्दै उक्त जघन्य अपराधमा संलग्न व्यक्तिलाई यथाशीघ्र पक्राउ गरी क्षतिपूर्ति सहित कानुनी कारावाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । अपराधी पक्राउ गर्न ढिलासुस्ती भएको खण्डमा प्रशासन कार्यालयमा धर्ना दिने, सरकारी नम्बर प्लेटका सवारी साधन संचालनमा रोक लगाउने, रांके जुलुस प्रर्दशन गर्ने, बन्द हडताल गर्ने लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने व्यहोरा समेत जानकारी गराउंदछौं ।”

“अपराधीको पहिचान भइसकेको अवस्थामा समेत संगठनको तर्फबाट पटक पटक ईलाका प्रहरी कार्यालय लगायत सरोकारवाला निकायसम्म दवाव दिंदा पनि हालसम्म पक्राउ नपर्ने विषयले हामीलाई अत्यन्त चिन्तित बनाएको छ । प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा भएको छ” ज्ञापनपत्रमा भनिएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले विगतका घटनाहरुले अपराधी समयमै पक्राउ नपर्दा अर्को घटना घटाउन सक्ने परिस्थिति खडा हुनसक्ने तर्फ प्रशासनलाई सचेत बनाए ।

बुटवल उपमहानगरपालिका ७ निवासी रवि थापामाथि गत जेठ २ गते बुटवल कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा काम गरिरहेकै अवस्थामा छुरा प्रहार भएको थियो । गम्भीर घाईते रविको डेढ महिना लामो उपचारमै रहेको अवस्थामा यही असार १८ गते निधन भएको हो । मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पुर्व सदस्य हुन् ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरी अपराधी नजिक पुगेको जानकारी गराउँदै छिटो भन्दा छिटो पक्राउ गरी सार्वजनिक गर्ने आश्वासन दिए । सिंगो युवा संघलाई अपराधीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्न उनले अनुरोध गरे । घटना घट्दाको अवस्था र अहिलेको अवस्था फर रहेकाले उनले बताए । युवा संघलाई विरोधका कार्यक्रमसम्म पुग्नु पर्ने अवस्था नआउने गरी प्रहरीले काम गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख रंजित सिंह राठौरले बताए । सो अवसरमा केन्द्रिय सदस्य बुद्धिराज थापा, कल्पना पाडे मगर हत्या गरिएका युवा रवि थापाकी दिदी मधु थापा, श्रद्धा कुंवर, नेकपा एमाले पार्टी जिल्ला सदस्य नकुल शाही, विकास ज्ञवाली, कृष्ण मल्ल ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?