© २०२३
भैरहवा, २४ असार ।
भारतीय नं. प्लेटको गाडी (ट्यांकर) ले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया (बाइपास) मा मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सियारी गाउँपालिका वडा नं. १ मा बस्ने प्रेम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।
पिवी १० जेडी ९३१५ नं. प्लेटको भारतीय ट्यांकरले लु १७ प ६७२३ को मोटरसाइकललाई सिद्धार्थनगर १ बेलहिया बाइपासमा ठक्कर दिएपछि इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको नेतृत्वमा ९ जना प्रहरी टोलीले भारतीय गाडीलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल र भारतीय नं. प्लेटको गाडी बेलहिया तर्फ जाँदै गर्दा गाडीले मोटरसाइकललाई ठक्कर दिंदा कार्कीको मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले बताए ।