ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘खेलकुद दर्पण’ बिमोचन

२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

बुटवल, २४ असार । बुटवल उपमहानगरपालिका बुटवल नगर खेलकुद विकास समितिले खेलकुद दर्पण बिमोचन गरिएको छ । बुटवल नगरको खेलकुद ईतिहास, वर्तमान अवस्था र यस क्षेत्रका खेल गतिविधिहरुलाई समेटेर खेलकुद दर्पण बिमोचन गरिएको हो ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नगर प्रबक्ता शिव राना, वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठले पुस्तक बिमोचन गरेका छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको खेल र विकासको ईतिहासलाई पुस्तकमा समेट्न सफल भएको बताए । यो वर्ष राष्ट्रपति रनिङशिल्ड, नगरस्तरीय फुटबलसहित धेरै खेल गतिविधि गर्न सफल भएको उनले बताए । नगरमा रहेका हरेक विद्यालयका खेलाडीहरुलाई खेलमा आवद्घ गराउने गरि आवश्यक सहयोगको पहल गर्ने उनले बताए । नगरस्तरीय बास्केटबल, बक्सिङ, बुद्धिचाल लगायतका खेल आयोजनाका कार्यक्रम हुने उनले बताए । बुटवल–१६ स्थित डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न १ करोड रुपैया बजेट बिनियोजन तथा जबई खेलमैदानलाई प्रदेश सरकारको सहकार्यमा सुविधासम्पन्न फुटबल मैदान निर्माण गर्ने ३७ करोड रुपैया बजेटमा ल्याउने तयारीमा रहेको उनले बताए । जातिय पहिचान, परम्परागत खेलहरुको संरक्षण र विकासमा समेत अघि बढ्ने उनले बताए । यसैगरि क्रिकेट, फुटबल खेलाडी उत्पादन गर्ने गरि प्रोत्साहनका कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेल मानव स्वस्थ्यसंग जोडिएको हुदा पनि यसको महत्व धेरै रहेको बताईन । हरेक उमेर समुहलाई खेलमा समेट्ने गरि पालिकाबाट कार्यक्रमहरु तयार गरिएको उनले बताईन ।

कार्यक्रममा स्मारिका प्रकाशन प्रमुख हेमराज आचार्यले बुटवल नगर क्षेत्रको खेलकुद ईतिहास चिनाउने कोसेढुगाका रुपमा पुस्तक तयार भएको बताए । लेख, रचना संकलनको क्रममा केही ढिलाई भएपनि निक्कै उत्कृष्ट तयार भएको उनले बताए ।

कार्यक्रममा प्रबक्ता शिव राना, वडा नं ४ का नरिश्वर शर्मा, वडा नं ५ का हरिप्रसाद श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद शाखाका कोपिला ज्ञवालीले नगरको ईतिहास बताउने दस्ताबेज तयार भएको बताए ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले धेरै मेहनत गरि पुस्तक प्रकाशन गरिएको बताए । यो वर्ष नगरबाट ५४ वटा खेल शीर्षक छुटाए खेल कार्यक्रम गर्न सफल भएको भन्दै आगामी वर्ष समेत योजनाबद्ध रुपमा कार्यक्रमहरु गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?