Butwal Today

नारायणीमा हाम फालेर एक पुरुष बेपत्ता

२३ असार २०८१, आइतबार
अ+
अ-

नवलपुर, २३ असार। नारायणी नदीमा हाम फालेर एक पुरुष वेपत्ता भएका छन् । विहान १०ः४० वजे अन्दाजी ५० वर्षका पुरुष व्यक्ति नदी माथीको पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।
साइकलमा आएका ती पुरुषले पुलमै साइकल राखेर उर्लदो नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता पुरुषको खोजीकार्य सुरु गरिएको र वतन नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?