ट्रेंडिंग:

>> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी

मधेशमा माओवादी, एकीकृत समाजवादीका ६ मन्त्री हटाइए

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल, २२ असार ।  विश्वासको मत लिन लागेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका माओवादी, एकीकृत समाजवादी लगायत दलका मन्त्री हटाएका छन्।

सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता चन्दनकुमार सिंहका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीहरुलाई हटाइएको हो।

मुख्यमन्त्रीले माओवादी केन्द्रका २, एकीकृत समाजवादी २, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकर एक मन्त्रीलाई सरकारबाट हटाएका हुन्।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले सरकार गठन भएको एक महिना पुग्न लागेकपछि आज विश्वासको मत लिन लागेका हुन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको दलको सहयोगमा जेठ २५ गते सिंह मुख्यमन्त्री बनेका थिए।

केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन्।

मधेस प्रदेशसभामा नेकपा एमाले का २५, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ सांसद छन्। तीन पार्टीको मात्रै जोड्दा ६० हुन्छ, जबकी बहुमतका लागि सिंहलाई ५३ सांसद मात्रै भए पुग्छ।

बहुमत पाउनेमा ढुक्क रहेका सिंहले विश्वासको मत लिनुअघिनै यसअघिका सत्ता सहयात्री माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतलाई सरकारबाट हटाएका हुन।

जनमत पार्टीका एक केन्द्रीय पदाधिकारीका अनुसार मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादीका मन्त्रीहरूलाई सरकारबाट हटिदिन आग्रह गरेका थिए। तर, उनीहरूले नमानेपछि मुख्यमन्त्रीले बर्खास्त गरेका हुन।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?