© २०२३
पाल्पा ।
एसईई उत्तीर्ण विद्यार्थीहरुलाई तानसेनको दमकडामा सञ्चालित रिभरभ्याली बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
त्यस अवसरमा बोल्दै शिक्षा समन्वय इकाइका महेन्द्र सुवेदीले गतवर्ष सम्पन्न भएको एसईईको रिजल्ट नराम्रो भनेर आत्तिनु पर्ने नभएको बताए । कोभिड महामरी पछि विद्यार्थीमा पढ्नु पर्छ भन्ने भावनाको विकास हराएको भन्दै ृनले यसवर्षको परीक्षाफलले पढ्नै पर्छ भन्ने भावनाको बिकास गराएको बताए ।
सुवेदीले यस वर्षको परीक्षाफलले आउने वर्षहरुका लागि थप मेहनत गर्न पर्ने बनाएको बताए । सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै भरत न्यौपानेले शैक्षिक इतिहासमा निजी विद्यालयको महत्वपूर्ण योगदान भएपनि राज्यको व्यवहार भने सधै नराम्रो हुने गरेको बताए । सरकारी शिक्षण संस्थामा राज्यको लगानीअनुरुप प्रतिफल आउन नसकेको भन्दै उनले राज्यले नीजि क्षेत्र संग हातेमालो गरेको खण्डमा शिक्षाले थप फड्को मार्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका सन्तोष अर्यालले निजी विद्यालयले तुलनात्मक रुपमा राम्रो परिमाण ल्याउन सफल भएको दावी गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिन प्रसाद बन्जाडेले शिक्षक, विद्यार्थी, अभिभावक सबैको मेहनतका कारण स्थापनाकाल देखि नै नतिजा राम्रो ल्याउन सफल भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिसुमर रेग्मीले सबैको प्रयासबाट प्राप्त सफलताले आउने वर्षहरुमा समेत निरन्तता पाउने बताए ।
कार्यक्रममा सम्मानित विद्यार्थीका तर्फबाट स्मृती बस्याल, अनुभव अधिकारी, अभिभावकको तर्फबाट इश्वरी बस्याल र तिनाउ भट्टराईले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा १३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।