© २०२३
सुर्खेत, २१ असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।
बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए । आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापन तर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।