ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

एसईईमा शत प्रतिशत उत्तीर्ण आवर पिसल्याण्डका विद्यार्थी सम्मानित

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

बुटवल,२१ असार । माध्यमिक शिक्षा परीक्षा एसइई २०८० को नतिजामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको आवर पिसल्याण्ड एकेडेमी बुटवलले विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुटवल ७ शिवनगरस्थित विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा एसइईमा सहभागी भई उत्तीर्ण २९ जना विद्यार्थीहरूलाई बधाई ज्ञापनसहित सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले यसपटक देशभरको एसईई नतिजा निराशाजनक आएको अवस्थामा आवर पिसल्याण्ड एकेडेमीले शतप्रतिशत विद्यार्थी गराउनु ठूलो सफलता भन्दै अब कक्षा ११ र १२ मा थप राम्रो नतिजा ल्याई असल र योग्य नागरिक बन्न शुभकामना दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलानन्द पाण्डेले २०५९ सालमा स्थापना भएको विद्यालयले २०६८ सालको साविकको एसएलसीदेखि नै उत्कृष्ट नतिजा ल्याइरहे पनि उचित प्रचार प्रसारको अभावमा आफ्नो विद्यालय ओझेलमा परेको बताए । विगतमा देशभरबाट ३ जनाले जिपिए फोर ल्याउँदा आफ्नो विद्यालयबाट एकजनाले जीपीए फोर ल्याउन सफल भएको इतिहास रहेको भन्दै विद्यालयले पाठ्यक्रमको ानका अतिरिक्त विद्यार्थीको अनुशासन , असल संस्कार र सिर्जनशिलतामा विद्यालयले विशेष जोड दिंदै आएकाले गुणस्तरमा अब्बल भएको बताए ।


विद्यालयकी प्राचार्य गंगा भण्डारीले विद्यालयले हरेक वर्ष शतप्रतिशत नतिजा ल्याइरहेका बताउँदै यो सफलतालाई बाहिर पुर्‍याउन नसकेको बताइन् । विद्यार्थीलाई सिर्जनशील बनाउन बाल साहित्य समेटेर नियमित भित्ते पत्रिका प्रकाशन र अभिभावकसँग निरन्तर अन्तर्क्रिया गर्ने गरिएको प्राचार्य भण्डारीले बताइन् ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावक र विद्यार्थीले ठूला भवन र बाहिरी हल्लाको पछि नलागी गुणस्तरीय पढाई हुने विद्यालय छनोट गर्नुपर्ने सुझाव दिंदै कक्षा ११ मा भर्ना हुंदा रुचि अनुसारको विषय पढाउनु उपयुक्त हुने बताए ।
एसइईमा विद्यालयबाट ३ जनाले ए प्लस, १७ जनाले ए , ९ जना बि प्लस ग्रेड ल्याएका शिक्षक रोमाञ्च पुनले जानकारी दिए। सो अवसरमा विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?