ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

रुपन्देहीमा पहिलो प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

बुटवल, २१ असार ।

संयुक्त राष्ट्रिय संघिय खाद्य तथा कृषि संगठन (एफ ए ओ),सघिय कृषि मन्त्रालयको आयोजना र राष्ट्रिय युवा परिषद्को संयुक्त समन्वयमा लुम्बिनी प्रदेशको रुपन्देही स्थित तिलोत्तमामा पहिलो युवा खाद्य प्रादेशिक सम्मेलन सम्पन्न भएको छ ।

युवाहरुलाई आत्मनिर्भर बनाउन कृषि र खाद्यका क्षेत्रमा युवाको पनि अनिवार्य भुमिका हुनुपर्ने र विशेषगरी कृषि खाद्य क्षेत्रलाई परिमार्जन गर्नका लागि र युवालाई उद्यममा जोड्नका लागि, लगानीको वातावरण बनाउनका लागि यस्तो सम्मेलन गरिएको (एफ ए ओ) नेपालका राष्ट्रिय विज्ञ सबिन लामिछानेले बताए । युवालाई माटो र उत्पादन सगँ प्रत्यक्ष जोडिन प्रोत्साहन गर्दै खाद्य कृषि प्रणालीको प्रबद्र्धनका लागि पनि युवाको महत्वपूर्ण भूमिका र सुझावहरु संकलन गर्ने र त्यसलाई राष्ट्रिय नीतिमा समाबेश गर्ने उद्धेश्यले लुम्बिनी प्रदेशबाट कार्यक्रम सुरु गरेको विज्ञ लामिछानेले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद शान्ति लोधले हरेक क्षेत्रमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए उनले युवाको क्षेत्रमा लगानी गरे मात्रै राष्ट्रले लाभ लिन सक्ने बताउँदै युवामा लगानी बढाउन सरकार लाग्नु पर्ने बताए । आफु पनि किसानकै छोरी भएको स्मरण गर्दै आफ्नै धेरै सङ्घर्ष र मेहनतले यहाँ सम्म आएको बताउदै अहिलेको अबस्थामा महिला र युवाले पनि अलि सङ्घर्ष सगै हस्तक्षेपकारी भुमिका बाट भए पनि आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन हरेक वर्ष इटालीमा विश्व खाद्य सम्मेलन गर्ने गर्दछ, जहाँ विश्वभरिका युवाहरुले आफ्नो उद्यमका कथा, नविनतम सोच, बिज्ञान र प्रविधिको मार्फतबाट खाद्य प्रणालीमा के ल्याउन सक्छ, त्यसको माध्यमबाट देशको अर्थतन्त्रलाई कसरी सपोर्ट हुन सकिन्छ भन्ने बारे छलफल र बहस चलेको थियो । कार्यक्रममा युवाहरुले युवा कार्य नीति, विज्ञान तथा प्रविधि, शिक्षा, संस्कृति तथा उद्यमशीलतामा युवाका भूमिकाका लागि भावी रणनीति समेत तयार पारेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सासंद शान्ति लोध, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारी, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरे, प्रादेशिक कृषि तथा भूमि व्यवस्थापन मन्त्रलय,सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल लगायत विभिन्न क्षेत्रका उद्यमीहरु र प्रदेशभरबाट २ सय युवाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%