© २०२३
दाङ, १९ असार ।
दाङको तुलसीपुरमा नदी तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदी तर्ने क्रममा बुधबार (आज)बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी वेपत्ताको खोजी कार्य भइरहेको जनाइए छ ।।