© २०२३
चन्द्रौटा (कपिलवस्तु), १८ असार ।
कपिलवस्तुमा बाेका चाेरेकाे आराेपमा दुई युवाहरु पक्राउ परेका छन् । स्थानीय गाउँलेहरुले देवी देउताकाे नाममा छाडेकाे ४४ किलाेकाे बाेका चाेरेकाे आराेपमा युवाहरु पक्राउ परेका हुन् ।
जिल्लाकाे कृष्णनगर नगरपालिका-१, सेमराबाट युवाहरु पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । प्रहरीका अनुसार कृष्णनगर नगरपालिका-१ झन्डेनगरका रोहित यादव र पिन्टु हेला रहेका छन् । गत असार १६ गते अपराह्न साढे ३ बजेतिर पुरुषत्ताेमपुरबाट चाेरी गरेका थिए ।आराेपीहरु चोरेर वडा नम्बर-५ लक्ष्मीनगरमा लुकाएका थिए ।
स्थानीय गाउँलेहरुले बोका चाेरिएको बिषयमा जानकारी दिए पछि सुराकीकाे आधारमा दुबैलाई प्रहरीले बोका सहित पक्रेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । देउताको नाममा छाडिएको बोका चोरेको आरोपमा पक्राउ परेको दुबै जनालाई चोरीकाे मुद्दा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान थप अनुसन्धान भइरहेकाे उनले जनाए ।