ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

परासीमा बिना दर्ता सञ्चालित म्यानपावर शिल, दुईजना भारतीय पक्राउ

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

सुनवल, १८ असार ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको रसिया लगायतका मुलुकमा कामदार पठाउने भन्दै रामग्राम ५ बाईपास चोकमा खोलिएको जेडि मेनपावर सर्भिसेजलाई प्रहरी र श्रम तथा रोजगार कार्यालय बुटवलको टोलीले शिल गरेको हो । एक हप्ता अगाडि भारत मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र मुम्बई कोलवा बस्ने ३७ वर्षीय जावेद मसिहले उक्त म्यानपावर सञ्चालनमा ल्याएका थिए ।

बिना दर्ता रसिया, अष्ट्रेलिया, ईटली लगायतका देशमा कामदार पठाउने भन्दै घर भाडामा लिएर उनीहरुले म्यानपावर व्यवसाय सञ्चालन गर्दे आएका थिए । उनीहरुको साथबाट प्रहरीले मोबाईल, ल्यापटप, भारतीय आधार कार्ड, चेकबुक, डेभिड कार्ड लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । हाल उनीहरुले कति जनालाई विदेश पठाए वा पठाउने प्रक्रियामा छ भन्ने बारेमा भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए । उक्त म्यानपावरको मुख्य कार्यालय मुम्बईमा रहेको र यहाँबाट कामदार त्यहाँ पठाई अवैध रुपमा वैदेशिक रोजगारमा पठाउने प्रयोजनका लागि म्यानपावर खोलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बिना दर्ता अवैध रुपमा म्यानपावर सञ्चालन गर्ने र एजेन्ड बनाएर मानिसलाई प्रलोभनमा पार्ने काम बढ्दै गएको छ । चालु आर्थिक वर्षमा मात्रै ४ ओटा त्यस्ता म्यानपावरलाई कारवाही गरिएको श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशवराज भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?