ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

को बन्ला भारतीय टी –२० क्रिकेट टिमको कप्तान ?

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

काठमाडौँ ।
भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी–२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी–२० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ । भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ ।

अब भारतको टी–२० टिमको कप्तानीमा प्रमुख चार खेलाडीको चर्चा रहेको छ । जसमा हार्दिक पाण्डेय, सूर्यकुमार यादव, ऋषव पन्त र जसप्रित बुमराह कप्तानीको दौडमा सबै भन्दा अगाडी रहेका छन् । यी बाहेक शुभमन गिल र केएल राहुल समेत भारतको टी –२० क्रिकेटको कप्तान बन्न सक्ने चर्चा चलिरहेको छ ।

यस रिपोर्टमा प्रमुख चार खेलाडीको बारेमा चर्चा गर्दै छौं ।

टी–२० टिमको कप्तानको दावेदारको दौडमा हार्दिक पाण्ड्या सबै भन्दा अगाडि छन् । उनीसँग टी –२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।

गुजरातलाई पहिलो सिजनमा आइपिएल च्याम्पियन बनाएका हार्दिक हाल मुम्बई इण्डियनको समेत कप्तान रहेका छन् । पाण्ड्याले भारतलाई ९० प्रतिशत द्विपक्षीय शृङ्खलामा जित दिलाएका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र सिरिजमा हार बेहोरेको थियो । भारतलाई विश्वकप जिताउन पाण्डेयले गरेको शानदार प्रदर्शनले उनको कप्तानीको दाबेदारीलाई बलियो बनाएको छ ।

त्यस्तै कप्तानीको दौडमा ऋषभ पन्त रहेका छन् । कार दुर्घटनापछि क्रिकेटमा पुनरागमन गरेका पन्तले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सका समेत कप्तान रहेका विकेटकिपर ब्याट्सम्यान पन्तले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए ।

त्यस्तै कप्तानीको दौडमा सुर्यकुमार यादव पनि रहेका छन् । सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । ६८ खेलमा १६७।७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४।८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

त्यसैगरी जसप्रित बुमराह पनि टी –२० टिमको कप्तानीको दौडमा रहेका छन् । जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्डको रुपमा रहेका छन् । ७० खेलमा ८९ विकेट लिएका बुमराह टिम संकटमा रहेको समयमा विकेट लिएर टिमलाई जितको बाटोमा लैजाने बलरको रुपमा चिनिन्छन् । उनको यस अघि भारतीय टिमको मात्र २ खेलमा कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् ।

यी बाहेक हाल गुजरात टाइटन्सका कप्तान रहेका शुभमन गिललाई रोहित शर्मापछि भारतको सबै फर्म्याटको कप्तानको रुपमा हेरिएको छ । पहिलो पटक गुजरातको कप्तानी गरेका गिलले धेरैलाई प्रभावित समेत गरेका थिए । यस विश्वकपमा गिल ट्राभल खेलाडीको रुपमा समावेश रहेका थिए ।

त्यस्तै आइपिएल टिम लखनउ सुपर जाइन्टका कप्तान रहेका केएल राहुल पनि टी–२० टिमको कप्तान बन्न सक्ने बताइएको छ । उत्कृष्ट ब्याट्सम्यान र विकेट किपरको पहिचान बनाएका राहुल यस विश्वकप टिममा भने परेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?