© २०२३
काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा स्थान बनाएका छन् । मंगलबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आआफ्नो खेल जितेर प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएका हुन् ।
उरुग्वेले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि उरुग्वेले समुह चरणका तिनै खेल जितेर समुह सी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समुह सी को आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समुह सी मा दोस्रो भएर क्वाटरफाइनलमा पुगेको छ ।
योसँगै समुह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् । अब क्वाटरफाइनलमा उरुग्वेले समुह डी को उपविजेता र पानामाले समुह डी को विजेतासँग खेल्ने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी