ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

कर्मचारीका माग सम्बोधन नभए असार २४ देखि निर्धन लघुवित्तमा देशभर आन्दोलन

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

बुटवल, १८ असार ।

निर्धन उत्थान लघुवित्त बित्तिय संस्थामा रहेको आधिकारिक ट्रेड युनियनले असार २४ गतेदेखि देशभरका सम्पूर्ण शाखा, क्षेत्रीय कार्यालय, मुकाम र केन्द्रीय कार्यालयमा एकै पटक कार्यालयको कामकाज ठप्प पार्ने गरी विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय अध्यक्ष सन्तोष कुमार आचार्यले हस्ताक्षर गरेको उक्त विरोधको कार्यक्रम पत्र प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरी लेखिएको छ । केन्द्रीय कर्मचारी समितिको छैठौं बैठकको निर्णयले जेठ २१ गते ३५ दिनको समय सिमा राखेर मागपत्र दाबी गरेको थियो । उक्त माग दाबीको समय यही असार २३ गते सकिदै छ । तर ३५ दिन सम्म पनि ब्यवस्थापन पक्षले युनियनका माग पत्रमा कुनै वास्ता नगर्नुले ब्यवस्थापन पक्षले युनियनलाई पेलेर जाने पक्षमा रहेको बुझिएकोले यसलाई युनियन पछि नहटी डटेर सामान गर्ने युनियनका केन्द्रीय सदस्य प्रकाश भट्टराईलेले बताए ।

गत वर्ष नै कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने युनियनसँगको सम्झौता थियो । तर लघुवित्त संस्थाको हालको विषम परिस्थिति, आर्थिक मन्दी लगायतले लघुवित्तमा उल्लेखनीय नाफा नभएको हँुदा युनियनले एक बर्ष संस्थालाई आर्थिक व्ययभार नपार्ने गरी तलव वृद्धि नगर्दा समेत सहेर बसेको थियो । तर अहिले सबै ठिकठाक हँुदा समेत आर्थिक वृद्धि तथा नीतिगत, कर्मचारी बढुवा नगरी ब्यवस्थापनले आफ्नो जिम्मेवारी बिर्सिएको जस्तो भान कर्मचारी युनियनलाई परेको केन्द्रीय महासचिव कृष्ण रानाले बताए ।

संस्थागत सुशासन, कर्मचारीको बृहत्तर वृत्ति विकास सहितका मागहरु राख्दै कर्मचारी युनियनले राखेका मागहरु ब्यवस्थापन पक्षले २४ गते अगाडि नै सम्बोधन गरेर सबैलाई खुसियाली दिने विश्वास आफुलाई रहेको एक केन्द्रीय उपाध्यक्षले बताए ।

उता संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले युनियनले राखेको मागपत्रमा संस्थागत सुधार हुनुपर्ने लगायतका मागहरु सहितको मागपत्र प्राप्त भएको बताए । “विरोध कार्यक्रमको पत्र प्राप्त भैसकेपछि हामीले ब्यबस्थापनले गर्दै आएको र आगामी दिनमा गर्ने कार्य योजना पेश गरिसकेका छौ । तसर्थ युनियनले आफ्ना बिरोधका कार्यक्रमहरु तत्काललाई स्थगित गरेर असार मसान्तमा संस्थागत प्रगति गरेर साउन पहिलो हप्ता भित्र बार्ताको माध्यमबाट निकास निकाल्ने बिश्वास गरेको छु”–उनले भने । आर्थिक वर्ष २०७९÷८० को बढुवा यही आर्थिक बर्ष भित्र गर्ने गरी काम अगाडि बढिरहेको समेत उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?