ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

संघीय सरकार परिवर्तनको कसरत

संघमा सरकार परिवर्तन हुने हल्लाले लुम्बिनी प्रदेशमा पनि सांसद जोड घटाउको चर्चा सुरु भएको छ ।
१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

बुटवल (बुटवल टुडे), १८ असार – संघमा सरकार परिवर्तन हुने हल्लाले लुम्बिनी प्रदेशमा पनि चर्चा सुरु भएको छ । संघीय सरकारमा अहिले माओवादीको नेतृत्वमा एमाले, रास्वपा सहितका दल छन् । प्रदेशमा भने माओवादीको नेतृत्वमा एमाले सहित, एकीकृत समाजवादी सहितका दल समावेश सहितको सरकार छ । प्रदेशमा नेकपा एमाले २९ सिट सहित पहिलो दल भएपनि उसँग एकल बहुमत छैन । कुल ८७ सांसद मध्ये नेपाली काग्रेससँग २७ सिट छ । यदि नेपाली कांग्रेस, एमाले मिल्ने हो भने बहुमत हुन्छ । तर माओवादीका ११ सांसद सहित तेस्रो ठूलो दलको रूपमा रहेको छ ।
माओवादीले अहिले मुख्यमन्त्री सहित मन्त्री रहेका छन् । उनीहरू यदि गठबन्धन बाट एमाले र कांग्रेसको सरकार बनेमा माओवादीले मुख्यमन्त्री सहित मन्त्री गुमाउने भन्दै चर्चा सुरु भएको हो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोख बहादुर महरा अहिले मुख्यमन्त्री छन् । यता एमालेबाट भने लिला गिरी दलको नेता छन् । यदि गठबन्धन भएर नेकपा एमालेको सरकार बनेमा लिला गिरी मुख्यमन्त्री बन्ने छन् । उनी यो भन्दा पहिला पनि मुख्यमन्त्री बनिसकेका नेता हुन । नेपाली कांग्रेसले प्रदेशको नेतृत्व पाएमा दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुने छन्, उनी निवर्तमान मुख्यमन्त्री समेत हुन ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार घरमै पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा चलेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेर सरकार बनाउने गृहकार्य भइरहेको छ । कांग्रेसले ओलीलाई देउवाले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । यो प्रस्तावपछि प्रधानमन्त्रीसँग ३ घण्टा लामो संवाद गरेका थिए ।
तर, ओलीले आफू यही वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेको जिकिर गरे संसद भवन बाहिर तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिनुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन खोई !’ उनले देश र जनताले आफू प्रधानमन्त्री बनेको हेर्न चाहेको भए राम्रो कुरा भएको बताए । शनिबारको भेटमा देउवाले ओलीलाई प्रचण्ड सरकार ढालेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै वर्तमान सत्ता समिकरण पुरै अवधि चल्ने बिफ्रिङ गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

बाहिर चर्चा भएजस्तो सत्ता समिकरणमा असमझदारी भयो भन्ने कुरा असत्य रहेको र सकारात्मक ढंगले छलफल अघि बढिरहेको प्रधानमन्त्रीले बताएको शर्माले बताइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संशाधन बिकास, छात्रवृति आयोजनाका लागि प्राप्त हुने करिब ३८ करोड २२ लाख रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता शर्माले बताइन् । बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?