© २०२३
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी—२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।
भारतले शनिबार राति सम्पन्न टी—२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी—२० विश्वकपको उपाधि जितेको थियो ।