ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

कर्णालीमा ५१ प्रतिशत रोपाई

१६ असार २०८१, आईतवार
१६ असार २०८१, आईतवार

सुर्खेत, १६ असार ।

मध्य असारसम्ममा कर्णालीमा ५१ प्रतिशत रोपाई भएको छ । समयमा पानी नपर्दा ढिलो गरी रोपाइँ भएको हो । आकासे पानीको भर पर्ने किसानका लागि भने समयमा पानी नपर्दा समस्यामा पर्ने गरेका छन् ।

कर्णालीमा अधिकांश सिँचाइ उपलब्ध भएका र खोलाको आसपासका जग्गामा रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी आकाशे पानीको भर पर्नुपर्ने अधिकांश स्थानमा भने रोपाई हुन नसकेको हो । कृषि विकास निर्देशनालयका अनुसार मध्य असार सकिदा प्रदेशभर ५१ प्रतिशत मात्र रोपाई भएको छ ।

कृषि विकास निर्देशनालयका अधिकृत याम रानाका अनुसार प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी जुम्ला र सबैभन्दा कम सुर्खेतमा रोपाई सकिएको छ । निर्देशनालयका अनुसार कर्णाली १० जिल्ला मध्ये जुम्लामा ९० प्रतिशत, दैलेखमा ३० रुकुमपश्चिम ३०, जाजरकोटमा ६०, सल्यानमा ६५,, हुम्ला र मुगुमा ७०÷७० प्रतिशत, डोल्पामा ८०, कालिकोट २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कर्णालीमा ४१ हजार ९ सय ४ धान खेती हुने क्षेत्र रहेको छ । अधिकृत रानाले पहाडी जिल्लामा धेरैजसो ठाउँमा रोपाइँ सम्पन्न हुन लागेको जानकारी दिए ।

समयमै पानी नपर्नुका साथै बालिनालीमा लाग्ने विभिन्न रोग प्रकोपको कारण वर्सेनि धान उत्पादनमा कमी आएको रानाले जनाए । ‘पछिल्लो समय अधिकांश कृषकले उत्पादन बढाउन हाइव्रेड जातका बालीहरु लगाउने गर्छन्, तर, यो लगाउँदा वर्सेनि मलको मात्रा भने बढाउनुपर्ने हुन्छ’, उनले भने, ‘हाइव्रेड जातलाई बढी पोषणको आवश्यकता पर्ने तर, कृषकले मलको मात्रा नबढाउनाले पनि उत्पादनमा कमी आएको हो ।’ हाइव्रेड जातका बालीले वर्सेनि माटोको उर्वराशक्तिमा ह्रास ल्याउँदै आएको रानाको भनाई छ ।

कर्णालीमा आर्थिक वर्ष ०७८÷७९ मा १ लाख ५५ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन भएको देखिन्छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा उत्पादकत्व घटेर १ लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको थियो । धान खेती हुने जमिन पनि मासिँदै जानुका साथै जलवायु परिवर्तनका कारण पनि उत्पादनमा कमी आएको सरोकारवालाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?