ट्रेंडिंग:

>> कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी नीति बनाउनुपर्छः भीम आचार्य >> गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी >> पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल >> सिचाई पुर्यान निर्माणको काम तीव्रता >> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न

खडेरी परिरहेको बाँकेमा मनाइयो प्रदेशस्तरीय धान दिवस

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

नेपालगञ्ज, १५ असार ।

असार १५ अर्थात धान दिवसको दिन सम्म बाँकेमा खेतका गह्रा धुलाम्मे छन् । खेत रोपेर हरियो हुने बेलामा लामो खडेरीका कारण पानी पर्ला र खेत रोपौला भन्ने आशामा किसान बसिरहेका छन् ।

बाँकेका धेरै भूभागमा पानी नपरे पनि कृषि ज्ञान केन्द्र बाँकेले नेपालगञ्ज उपमहानगरपालिका– १९ पुरैनीमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरी २१ औ राष्ट्रिय धान दिवश मनाएको छ ।

२१ औ राष्ट्रिय धान दिवस देशभर मनाई रहँदा बाँकेमा लामो खडेरीका कारण किसानले धानको विउ समेत राख्न सकेका छैनन् । खडेरीका कारण राखेको विउ पनि गह्रामै धाँजा फाटेर सुकेको अवस्थामा छ ।

बाँकेका किसानले आकाशे पानीको भरमा खेती गर्नु आफुहरुको बाध्यता भएको दुखेसो छ । उनीहरु राज्यबाट आफुहरुमाथि जहिले पनि उपेक्षा गरिएको बताउँछन् । बाँके डुडुवा–६ का किसान रतिराम कुम्हारले धान रोप्ने बेलामा आफ्नो खेत धुलाम्मे भएको बताए । उनले भने– ‘जमिनमा गाडेको बोरिङ्गले पनि पानी दिंदैन, लो भोल्टेज हुन्छ मोटर चल्दैन, सिचाईको व्यवस्था छैन कसरी खेत रोप्ने हाम्रो समस्या कसले बुझिदिने ।’

नेपालगञ्ज १९ का विनोद गिरीले असारको १५ गतेसम्म पानी नपर्दा आफुहरु मर्कामा परेको बताए । ‘जसोतसो विउ राखेपनि खेतमा पानी छैन कसरी रोप्ने, राखेको विउपनि बुढो हुँदै गयो, छिप्पिएको बिउ रोपेर उत्पादन कस्तो हुने हो साह्रै नै मर्कामा परेका छौ’–दिक्क हुँदै भने । कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख शकिल अहमदले बाँकेमा २१ औ धान दिवस मनाईरहँदा २ प्रतिशत मात्र रोपाई भएको बताए । उनले यो वर्ष साविकको वर्षहरुमा भन्दा बढी जमिनमा धान खेती हुने र उत्पादन पनि बृद्धि हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार अघिल्लो वर्ष यो अवधिमा करिव २० प्रतिशत रोपाई हुने गरेको थियो । तर, यो वर्ष भने २ प्रतिशतमै सीमित भएको कारण खडेरीको सामना गर्नुपर्ने त होईन भन्ने चिन्तासहितको प्रश्न बोकेर किसान आउने गरेको उनको भनाई छ ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँकेमा सिचाईको अभावको कारण किसान मर्कामा परेको बताउँदै बाँकेमै रहेको रष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजना भए पनि समयमा निर्माण पूरा हुन नसक्दा खडेरीमा पनि आकाशे खेतीमा भर पर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले वैकल्पिक सिचाईको व्यवस्था मिलाउने बताए ।

उनले भने– ‘सिक्टा निर्माण पूरा भएर किसानको खेतसम्म पानी आउने कहिले हो कहिले, किसानको समस्या समाधानको लागि प्रदेश सरकारले वैकल्पिक सिचाईको लागि डिप बोरिङ्गको व्यवस्था गर्ने गरी बजेटमा पारेको छ ।’

२१ औ राष्ट्रिय धान दिवस कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले गरेका थिए । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी नमूना, कृषि मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद दूर्गा प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिभिएन कलेज नेपालगञ्जका विद्यार्थीहरुले धान रोपेर धान दिवसको सुरुवात गरिए पनि लामो खडेरीका कारण किसानका खेतका गह्रा भने सुख्खा छन् । सधै आकाशे पानीको भरमा गरेको खेतीले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने अवस्था नभएकोले संघ र प्रदेश सरकारले बैकल्पिक सिचाईको समाधान खोज्न आवश्यक रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%