© २०२३
बुटवल, १५ असार ।
बुटवलमा रहेका युवाहरुको समूहले बुटवल सोसल ग्रुप मार्फत सामाजिक कार्यमा सक्रिय भएको छ ।
नगरभित्र हुने हरेक सामाजिक कार्यहरुमा आफ्नो सहयोग रहने समूहिक रुपमा समाधान गर्ने उद्देश्य सहित गठन भएको गु्रपले असार १५ राष्ट्रिय धान दिवसको अवसरमा गोलपार्क क्षेत्रमा बिभिन्न प्रजातीका एक सय बढी बिरुवा रोपण गरेको हो ।
बुटबलको मुख्य सडक क्षेत्रका बिचको डिभाईडर र सडक किनारलाई हरियाली र सुन्दर सडक बनाउने उद्देश्यले बृक्षारोपण गरिएको संस्थाका सचिव अशोक राईले बताए ।
बृक्षरोपण कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले वृक्षारोपण गर्नाले सहरलाई हरियाली र सुन्दर बनाउन सहयोग पुग्ने बताए । असार र साउन बृक्षरोपण गर्ने उत्तम समय भएकाले सबैले बृक्षारोपण गर्न आग्रह गर्दै वडा अध्यक्ष ढकालले बुटवल क्षेत्रको जोखिम भनेको ज्योतीनगर पहिरो रहेकाले बुटवलका हरेक संघ –संस्थाहरुले ज्योतीनगर पहिरो रोकथाम गर्न बृक्षरोपण गरेर सहयोग गर्न सबैलाई आग्रह गरे ।
बुटवल सोसल गु्रपका अध्यक्ष भोज थापाले गु्रपले विभिन्न सामाजिक कार्यमा काम गर्दै आएको भन्दै बुटवललाई हरियाली, सुन्दर बनाउन बृक्षरोपण कार्यक्रम गरिएको बताए । बुटवलका केही युवाहरु समाजमा हुने हरेक सामाजिक कृयाकलापमा जोडिन सक्दो सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष थापाको भनाई छ ।