ट्रेंडिंग:

>> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु

उपसम्पादक स्वस्तिक श्रेष्ठलाई ‘रोटरी जर्नो अवार्ड’

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

बुटवल, १५ असार ।

रोटरीको सात फोकस एरियामा रहेर सामाजिक क्षेत्रमा पत्रकारितामार्फत कलम चलाएको भन्दै न्युज बुटवल टुडेका उपसम्पादक स्वस्तिक श्रेष्ठलाई रोटरी जर्नो अवाड प्रदान गरिएको छ ।

रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ ले रोटरी जर्नो अवार्ड २०२३–२०२४ बाट श्रेष्ठलाई पुरस्कृत गरेको छ । २ दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ डेढ वर्षदेखि न्युज बुटवल टुडेडटकममा उपसम्पादकको रुपमा कार्यरत छन् । उनलाई ५० हजार नगद राशीसहित काठमाडौंमा आयोजित कार्यक्रममा सम्मापन गरिएको हो ।

शनिबार काठमाडौं एक समारोहका बिच उपसम्पादक श्रेष्ठसहित ७ जना पत्रकारलाई जर्नो अवार्ड प्रदान गरिएको हो । रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिजि राजेन्द्र ध्वजु, डिजि ईलेक्ट राजेन्द्र थकाली, पुर्व डिजि सन्जय गिरि, सन्तोष रिजाल, पुरस्कारका संयोजक नम्रता शर्माले पत्रकारहरुलाई सम्मान गरेका थिए ।

स्वास्थ्य सचतेनामा स्वस्तिक श्रेष्ठ, आधारभुत शिक्षा र साक्षरतामा भोजपुरकी विधा राई, खोज पत्रकारितामा योगदान दिएका गुल्मीका रामु सापकोटा, अम्मर सुनार, बालबालिका सचेतनाको क्षेत्रमा योगदान दिएका बझाङका बसन्त प्रताप सिह, पर्वतका तिलक तिवारी, पिच एण्ड कन्फ्लिक्टमा योगदान दिएका टंक पन्थलाई नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्रबाट पुरस्कृत गरिएको हो । यसैगरी स्वर्गीय यज्ञप्रसाद आचार्य स्मृति लाईभ टाईम एचिभमेन्ट अवार्डबाट भैरव रिसाललाई १ लाख १ हजार रुपैयाँबाट पुरस्कृत गरिएको छ । कार्यक्रममा पत्रकार सुरेश आचार्यले पत्रकारिता क्षेत्रबाट निश्वार्थ योगदान दिने एक जना पत्रकारलाई लाईभ टाईम एचिभमेन्ट अवार्ड मार्फत स्मरण गर्ने गरी स्थापना गरेको बताए ।

कार्यक्रममा डिष्ट्रिकका सचिव दिनेश मानन्धरले रोटरी जर्नो अवार्डको शुरुवात र महत्वबारे प्रकाश पार्दै रोटरीको मुलमर्मलाई मिडियाबाट सपोर्ट हुने मिडियाकर्मीहरुलाई सम्मान गर्ने परिपार्टी स्थापित भएको बताए । रोटरीमा सदस्यहरुले सदस्यता बढाउने, फष्ट राईजिङ गर्ने र बढीभन्दा सामाजिक कार्य अघि बढाउने काम तथा यस कामलाई पब्लिक ईमेज बढाउने गरी सकारात्मक परिवर्तनका बाहक र समाजमा चेतना जगाउने काम मिडियाबाट हुने उनले बताए ।

सेवामा रोटरी नारासहित २०११ मा रेडियो कार्यक्रम शुरु भएको उनले बताए । त्यसपछि लगातार सबै खाले मिडियाहरुमा समेट्ने काम भयो । नेपाल पत्रकार महासंघको समन्वयमा शिक्षा, स्वस्थ, संचारिका समूह, आर्थिक पत्रकार समाजसंग समन्वय गरी पुरस्कार वितरण गरिदै आएको उनले बताए । डिजि तिर्थमान शाक्यको कार्यकालमा जर्नो अवार्ड शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?