© २०२३
बुटवल, १४ असार । नेपाली सेनाले नवलपरासीको सुस्तामा ‘गोरख पुस्तकालय’ निमार्ण सम्पन्न गरि हस्तान्तरण गरेको छ । श्री मध्य पश्चिम पृतना हेडक्वाटरको पहलमा श्री नं २२ बाहिनी अड्डाको सहकार्यमा श्री गोरखदल गणद्धारा सुस्ता ५ स्थित जनता दलित आधारभुत विद्यालयमा गोरख पुस्तकालय निमार्ण गरि शुक्रबार हस्तान्तरण गरेको हो । एक समारोहका बिच श्री मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि सुनिल श्रेष्ठले पुस्तकालयको विधिवत उद्घाटन गर्दै नेपाली सेना शान्ति सुरक्षासंगै नागरिकको शिक्षा, स्वस्थ्यको क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको बताए । नेपाली सेना जनहितको कार्य गर्ने नीति अनुसार पुस्तकालय भवन निमार्ण गरेको उनले बताए । यसैगरि सेनाकै पहलमा देशभरका स्थानिय जनप्रतिनिधि, विभिन्न संघसंस्थाहरुको सहकार्यमा सामरिक महत्वका गढीकिल्लाहरुको संरक्षणलाई समेत जोड दिदै आएको उनले बताए ।
यसैबिच श्री नं. २२ बाहिनी अडडाका बाहिनीपति सहायक रथी पुरषोत्तम खड्का, श्री गरुड दल गणका गणपति प्रमुख सेनानी कर्णेजंग मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विजय शाह, प्रधानाध्यापक माधव थापालाई पुस्तालय औपचारिक रुपमा हस्तान्तरण गरे । विकासमा पछि परेको सुस्तामा पुस्तकालय स्थापना भएसंगै बालबालिकाहरुलाई पठन विकासमा सहयोग मिल्ने विद्यालयका प्रअ थापाले बताए ।
कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुस्ताका जन प्रतिनिधी आदम खा, सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले विकासबाट पिछडिएको क्षेत्रमा सेनाबाट महत्वपूर्ण काम भएको बताए । विद्यालयमा हाल २ सय ६० जना विद्यार्थीहरु अध्ययरत छन । श्री नं. २२ बाहिनी अडडाका पुर्व बाहिनीपति सहायकरथी ललित बहादुर कुँवरको अगुवाईमा सो पुस्तकालयको अवधारणा अघि बढेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी