© २०२३
तिलोत्तमा ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरका एन्जील पाण्डेले एसईईमा ३.९१ जीपीए ल्याएका छन् । बिहीबार प्रकाशित भएको एसईई नतीजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।
हालसम्म प्राप्त सुचनालाई आधारमान्दा यो नै तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट परिणाम(अंक) रहेको विद्यालयका अध्यक्ष मोहन चापागाईंले दावी गरे ।
विद्यालयबाट ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जिना बी ग्रेड प्राप्त गरेको प्राचार्य गौतमले बताए । विद्यालयबाट २३ जनाले एसईई परीक्षा दिएका थिए ।