© २०२३
नवलपुर, १३ असार ।
पुर्वी नवलपरासीको कावासोतीमा खेत रोप्दै गर्दा चट्याङ लागेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ ।
दिउँसो करिब १२ः३० बजेको समयमा कावासोती १४ अग्यौली स्थित बुद्धिराम महतको खेतमा धान रोप्ने क्रममा दिल कुमारी थरुनीलाई चट्याङ्ग लागेको थियो ।
खेतमा रोप्दै गरेकी वर्ष ४६ की दिल कुमारी थरुनीलाई अचानक चट्याङले लाग्न गई गम्भीर घाईते भएकी थिइन् । अनुहार सुन्निएको अवस्थामा प्रहरीको सहयोगमा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना गरिएको थियो ।
थप उपचारका लागि भरतपुर चितवन लैजाने क्रममा मृत्युको शंका लागि देवचुली नगर अस्पताल दुम्कौलीमा ल्याई ईसिजी गर्दा साँझ ५ बजेर ४५ मिनेटमा थरूनीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।