© २०२३
सुर्खेत, १२ असार ।
प्रतिपक्षी दल काँग्रेसले आजको कर्णाली प्रदेशसभा बैठक पनि अरुद्ध गरेको छ । बजेट पूनर्लेखनको माग गर्दै आएको काँग्रेसले आफ्ना मागहरु पुरा नभएको भन्दै संसद बैठक सञ्चालन गर्न दिएको छैन ।
बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्षी दलहरुबिच कुरा नमिल्दा एक सातायता प्रदेशसभा बैठक प्रभावित बनेको छ । बुधबार (आज) दिउँसो तीन बजेटका लागि बोलाइएको प्रदेशसभा बैठक दलहरुबिच कुरा नमिल्दा बस्न सकेको छैन ।
यसअघि अघिल्लो बुधबार र बिहीबार कांग्रेसले सदन अवरुद्ध गरेको थियो । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरू बाहिरिएका थिए ।
कांग्रेसले गएको बिहीबारको बैठक बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरेकी थिइन् । तर, सत्ता र प्रतिपक्षबिच समझदारी नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । बजेटको विषयलाई लिएर प्रदेशमा प्रतिपक्ष मात्र होइन सत्तापक्षकै सांसदहरु पनि असन्तुष्ट व्यक्त गरेका छन् ।