ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

अटिजम केयर सेन्टर बलम्बुलाई कृषि विकास बैंकको सहयोग

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

काठमाडौं ।

कृषि विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई बैंकले आर्थिक सहयोग गरेको हो । कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाई कार्यको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको बताए ।

अधिकृत सुवेदीले अटिजम भएका बालबालिकालाई अभिभावकस्तरबाटै शिक्षण सिकाई प्रक्रियाको थालनी हुनु आफैंमा सकरात्मक पक्ष भएको बताए । उनले यस्ता सामाजिक कार्यमा कृषि विकास बैंक आगामी दिनमा समेत सँगै रहेको भन्दै अटिस्टिक परिवार र केयर सेन्टरलाई समाजस्तरबाटै सहयोग गर्नुपर्ने धारणा राखे ।

कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत सुवेदीले यो बैंक सामान्य मानिसहरुको समेत कारोवार गर्ने बैंक भएको बताउँदै सेवा लिन आग्रह गरे । उनले अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ संस्थालाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक बजार व्यवस्थापक तथा वरिष्ठ अधिकृत लिला जिसीले राज्यस्तरबाट अटिजम भएका बालबालिकालाई शिक्षा र थेरापी दिनुपर्ने दायित्वको जिम्मेवारी अभिभावकहरुबाट पूरा भएको प्रति प्रशंसा गरे ।

अटिस्टिक परिवार तथा शिक्षिकाहरुबाटै अटिजम केयर सेन्टर सञ्चालन गरेको प्रति सबैलाई धन्यवाद दिंदै यसलाई थप प्रभावकारी बनाउन आफुहरुले समेत सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी किरण प्रसाद सिग्देलले राज्यको तर्फबाट अझै पनि सबै शिक्षालाई सहयोग गर्न नसकिरहेको अवस्थामा अटिजम जस्तो जटिल र मंहङ्गो शिक्षाको थालनी गर्नु निकै चुनौतीपूर्ण रहेको बताए । यस सेन्टरलाई बचाई राख्नको लागि समुदायस्तरबाटै दैनिक मुठी दानको अवधारणालाई समेत अघि बढाई सहयोग जुटाउन सकिने उनले धारणा राखे । सिग्देलले सबै तहका सरकारबाट अटिजमका बारेमा नीतिमा समावेश भएपनि व्यवहारमा कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गरे ।

अटिजम केयर सेन्टर सञ्चालन भएको स्थल बलम्बुमा जानको लागि सहज होस भनेर कृषि विकास बैंकको सहयोगमा पुथ्वी राजमार्ग अन्तर्गत गुर्जुधारा चोकदेखि बलम्बु, पशुसेवा कार्यालय, चन्द्रागिरी वडा नम्बर १२, पुलको मुख र चन्द्रागिरी वडा नम्बर १ देखि अटिजम केयर सेन्टर सञ्चालनस्थलसम्म सडकमा अटिजम केयर सेन्टर जाने बाटो लेखिएका जानकारीमुलक (न्यारेसन बोर्ड) प्लेट राखिएको हो । सो प्लेटको सुरु बैंकका निर्मित प्रमुख कार्यकारी अधिकृत सुवेदीले गरेका थिए ।
कार्यक्रमा अटिजम केयर सेन्टरकी स्पेशल एजुकेटर रंगिला श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । सो कार्यक्रममा समाजसेवी, साहित्य एवम् कलाकार पवन अधिकारीले अटिजमका बारेमा तयार पारिएको कविता बाचन गरेका थिए ।

कार्यक्रममा कृषि विकास बैंक थानकोट शाखाका प्रमुख किरण गौतमले अटिजम भएका बालबालिकाको शिक्षाको विकामा बैंक सधै तयार रहेको बताए ।

महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आंशिक र नियमित गरी १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेको सञ्चालक गीता घिमिरेले जानकारी दिइान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?