ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

खेलकुद समितिको जग्गामा ब्यवसायिक भवन !

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

बुटवल, ११ असार । रूपन्देही खेलकुदको उर्वरभूमि हो । यहाँ मार्शल आर्ट, भलिबल, क्रिकेट, बास्केटबल, एथ्लेटिक्स लगायत धेरै खेलका खेलाडीहरू उत्पादन भएका छन । खेल विकास र पूर्वाधारमा सरकारको दीर्घकालिन योजना भने बनाएको पाउँदैनौ । खेलकुद विकासमा खेल गतिविधिसँगै पूर्वाधार महŒवपूर्ण छ । अधिकांश बजेटको प्राथमिकता भने खेलकुद प्रतियोगिता र तालिम हुने गरेको छ । यता खेलकुदको जग्गामा समेत ब्यवसायिक भवन निमार्णमा जोड दिएको पाईएको छ । बुटवल हाटबजारमा रहेको रूपन्देही जिल्ला खेलकुद विकास समितिले आफ्नो जग्गामा ब्यवसायिक भवन निर्माणको ठेक्का नै अघि बढाएको छ । शिलन्यासको तयारीमा नै एकाएक प्रक्रिया नपुगेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नै हिँडेका थिए ।

ब्यक्तिगत कामकै सिलसिलामा युके रहेका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि) एक्कासी कार्यालय परिसरमा ब्यवसायिक भवन बन्ने कुरा सुन्दा अचम्म परेको बुटवल टुडेलाई बताए । संस्थालाई ब्यवसायिक भवनमार्फत श्रोतको ब्यवस्थापन हुनेमा उनी आशाबादी छन । ‘यसबारे बुझन पाएको छैन ।’—उनले भने । सरकार चेन्ज र प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव परिवर्तन भएकाले पनि के कसरी काम गर्ने अन्यौलता आएको उनले बताए । कार्यबाहक जिम्मेवारी पाएका उपाध्यक्ष जय प्रसाद लाम्गादेले केन्द्रबाट स्वीकृति लिएर भवनको काम अघि बढाएका थिए । मुख्य चोकमा पर्ने हँदा अहिले ब्यवसायिक भवन बनाउने योजना बनाएको कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले बताए । ‘राखेपबाट स्वीकृत लिएर काम अघि बढेको हो ।’—उनले भने । केन्द्रबाट नक्सा स्वीकृत भएर ४८ लाख लागतमा अस्थाई रूपमा १८ कोठाको पूर्वाधार निर्माणको काम अघि बढेको हो । संघको नाममा लालपूर्जा नभएको हँुदा स्थाई संरचना बनाउन नसकिने उनको तर्क छ । ‘नाममा दर्ता छ तर पुर्जा नहुँदा कठिनाई भएको छ ।’— उनले भने । समितिबाट निर्णय गरेर काम गर्न सकिने उनको तर्क छ । भवन निर्माणमा स्थानीयपालिकाबाट समेत १० लाख रूपैयाँ बजेट बिनियोजन भएको पाईएको छ ।

खेलकुद गतिविधि गर्ने गरि सरकारबाट प्राप्त गरेको जग्गामा खेल पूर्वाधार नबनाई अन्यमा जोड दिन नहुने खेलाडी, खेलप्रेमीहरू बताउँछन । करीब दुई दर्जन खेल दर्ता रहेको रूपन्देहीमा अधिकाश खेलका प्रशिक्षक नै छैनन । कराते, तेक्वान्दो, टेबलटेनिस, क्रिकेट खेलबाहेक अन्य खेलका प्रशिक्षक नै छैनन । राष्ट्रिय खेल भलिबलका धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेको जिल्लामा भोलिन्टियर प्रशिक्षकहरूले धानेको छ । यस्तोमा यी खेल विकास र पूर्वाधारमा जोड दिनुको साटो समिति अहिले ब्यवसायिक भवन निर्माणको तयारीमा जुटेको छ । करीब १६ कठ्ठा जग्गा रहेको समितिमा एउटा ईन्डोर हल, कार्यालय प्रमुखको कोठा एउटा, पदाधिकारीर सदस्य बस्ने हल छ । यसबाहेक ३ वर्षअघि बनेको एउटा हल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?