© २०२३
बुटवल,१० असार । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
युवादेखि वृद्धवृद्धाहरु समेत सहभागी प्रदर्शनका सहभागीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।
पीडितहरुको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन पनि गरेका थिए । गृहमन्त्री रवि लामिछाने जोडिएका लगायत केही सहकारी ठगीका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग वमोजिम संसदीय छानवीन समिति समेत बनेको छ ।