ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

पुर्वी नवलपरासीको नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियनले लगायो ताला

९ असार २०८१, आईतवार
९ असार २०८१, आईतवार

नवलपुर, ९ असार ।

पुर्वी नवलपरासीको नेपाल प्रेस युनियन नवलपुर शाखाले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ ।

पत्रकार महासंघको सदस्य शुद्धीकरण विधान अनुसार गर्न र सदस्यता शुद्विकरण उपर भएको मनपरी अन्त्य गर्नुपर्ने माग राख्दै महासंघ नवलपुरको नयाँ भवनमा ताला लगाएको प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटाले बताए । कावासोती स्थित महासंघको नयाँ भवनमा शनिवार बिभिन्न ८ वटा माग राख्दै युनियनले कालो ब्यानर सहित मूलगेटमै ताला लगाएको हो ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावाली प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै युनियनले सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा जिल्ला र प्रदेशको सिफारिस विना थपघट, जिल्लाको सहमति विना स्थानान्तरण गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको जनाएको छ ।

“महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियन नवलपुर अस्वीकार गर्दछ”–युनियनले भनेको छ । नेपाल पत्रकार महासंघका जिल्ला र प्रदेशका अधिकारलाई कुल्चिदै जिल्ला र प्रदेशको अस्तित्व समेत निमिट्यान्न पार्न खोजिएको प्रति नेपाल प्रेस युनियन नवलपुरले आपत्ति जनाएको छ ।

महासंघको विधान र महाधिवेशनको म्यान्डेट अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत वाटोबाट नामावली तयार गरी सार्वजनिक गरिएकोले प्रेस युनियन नवलपुरलाई त्यो कुनैपनि हालतमा मान्य नहुने पनि युनियनको ज्ञापनपत्रमा उल्लेख छ । विधि, विधान, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न यूनियन नवलपपुरले ज्ञापनपत्रमा माग गरेको छ ।

नेपाल प्रेस युनियन नवलपुर सदैव नेपाल पत्रकार महासंघको पक्षमा वकालत, सहकार्य र शुद्धिकरणको पक्षमा रहँदा रहँदै नियोजित, अमुक व्यक्तिको स्वार्थ सिद्ध र राजनैतिक पुर्वाग्रहका आधारमा गरिएको नाम मात्रको शुद्धिकरणको कुनै औचित्य नभएकोले नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया स्थगित गरी निर्णय सच्याउन युनियनले ध्यानाकर्षण गराएको छ ।

नेपाल प्रेस युनियन नवलपुरको माग विपरित अधिवेशन÷ साधारणसभा सहितका कुनै पनि प्रकृया अगाडी बढाएमा त्यसबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं महासंघ नै हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याई, सदस्यतालाई पूर्णता नदिई साधारणसभा र अधिवेशन लगायतका कुनै पनि कार्यक्रम अगाडि नबढाउन भन्दै पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीलाई ज्ञापन पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?