ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक : अध्यक्ष हमाल

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल, ८ असार ।

अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य टुकाभद्र हमालले आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बनेको बताएकी छन् । उनले महिलाहरुको अबको आन्दोलन समानताको लागि हुनुपर्ने पनि बताइन् ।

अनेमसंघ रुपन्देहीको दशौं जिल्ला सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हमालले यस्तो बताएकी हुन् । उनले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउनुपर्ने भनेर संविधानमा लेखिएको भएपनि अबको लडाई भने समानताका लागि हुनुपर्ने बताइन् ।

हमालले राणा शासनदेखि पञ्चायत फाल्न र बहुदलदेखि गणतन्त्र स्थापना गर्दासम्म महिलाहरुको लडाई ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको उल्लेख गरिन् । उनले हरेक आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरु प्रतिफल पाउने बेलामा भने सबैभन्दा पछाडी रहने गरेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरीले नेपालको राजनीति स्थिर नबन्दा अस्थिरताबाट फाईदा लिनेहरु रमाईरहेको बताए । उनले भारतमा साढे सात दशकमा १८ जना प्रधानमन्त्री बन्दा नेपालमा भने ३५ वर्षमा ३० जना बढी प्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै यस्तो अस्थिरताले विकासको लक्ष्यमा पुग्न नसकिने बताए ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका गिरीले आर्थिक समृद्धिबिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै आफु स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिएर आर्थिक उपार्जनको काममा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा अर्का पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले आरक्षण र समानुपातिक प्रणालीतर्फ केन्द्रित नभई क्षमता वृद्धि गरी प्रतिष्पर्धा तर्फ लाग्न आग्रह गरे ।

अनेमसंघ रुपन्देहीका अध्यक्ष मधुकला कुँवरले महिला अधिकार र समानताका लागि अनेमसंघले अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु सावित्रादेवी अर्याल, गुमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सचिव बिना ज्ञवाली, एमाले लुम्बिनी प्रदेश उपसचिव लिला राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, अनेमसंघ रुपन्देहीका अध्यक्ष मधुकला कुँवर, उपाध्यक्ष सीता खनाल, सचिव दुर्गा पाण्डेलगायतले बोल्दै महिला मुक्तिको आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

वक्ताहरुले एमालेका जनसंगठनहरु पार्टी कार्यकर्ता उत्पादन गर्ने महत्वपूर्ण कारखानाको रुपमा रहेको उल्लेख गर्दै अनेमसंघ अग्रपंक्तिमा रहेको बताए । सम्मेलनको अवसरमा उत्कृष्ट कार्य गर्ने बुटवल उपमहानगर कमिटी, सैनामैना नगर कमिटी र गैंडहवा गाउंपालिका शाखा कमिटी तथा निवर्तमान अध्यक्ष ममता पौडेललाई सम्मान गरिएको थियो । सम्मेलनले आगामी कार्यकालको लागि नयां नेतृत्व समेत चयन गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?