© २०२३
नवलपुर, ७ असार ।
पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. ५ मा १५ वर्षीय बालकले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ ।
१५ वर्षीय बालक धन बहादुर डिस्वाले चलाएको लु ५ त ६५९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीया बालिका गेरमाया सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिएका छन् ।
उमेर नपुगेका बालकले गाडी चलाएर दुर्घटना गराएपछि ट्रयाक्टर धनीले भने नक्कली चालक खडा गरेर जिल्ला प्रहरी कार्यालयमा जिम्मेवारी लिन पठाएको खुलेको छ । ‘घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेपछि ट्रयाक्टर चालक स्थानीय रिमेश गुरुङले लाइसेन्ससहितको चन्द्रबहादुर आलेलाई नक्कनी चालक बनाएर प्रहरी समक्ष उपस्थित गराएको बुझियो, प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
प्रहरीले ट्रयाक्टर धनी र नक्कली चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । सक्कली बालक चालकलाई भने गाडी धनीले नै फरार गराएको प्रहरीको आशंका छ । १८ वर्ष उमेर नपुगेका बच्चाले लाइसेन्स लिन नपाउने भएकाले गाडी चलाउन पनि पाउँदैनन् । त्यस्तो अवस्थामा गाडी धनी नै प्रतिवादी हुने कानुनी व्यवस्था छ ।
त्यसैले आफू प्रतिवादी हुनबाट जोगिन ट्रयाक्टर धनी गुरुङले चलाखी गरेको प्रहरीको भनाइ छ । बालक चालकको खोजि भइरहेको र खोजि पश्चात पुर्पक्षमा पठाइने पौडेलले बताए।