ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

सुर्तीजन्य पदार्थको प्रयोगबाट क्यान्सरका रोगी बढ्दै

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

बुटवल, ७ असार ।

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ ।

सुशील कोइराला प्रखर क्यान्सल अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज पत्रिकाको सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताइएको हो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. शम्भु खनालले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले सूर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपियाँ खर्च हुने गरेको र यसबाट निम्तिने क्यान्सरको उपचारमा राज्यलाई ४० अर्व व्ययभार हुने भन्दै स्थानीय तहबाटै यसको नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको संख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ ।

अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउँछाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र प्रयोग गर्न नपाइने कानुनी प्रावधान छ ।

‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ । यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्री वितरण र सेवन गर्न बर्जित गरेको छ । अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेछ ।

तर यो ऐन कतै लागू नभएको सरोकारवालाको भनाई छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले उपमहानगरभित्र टोल विकास संस्था, आमा समूह लगायत विभिन्न क्लवहरुलाई लक्षित गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमल पाण्डेले तिलोत्तमाभित्र पसल तथा सार्वजनिक स्थलहरुमा समेत सुर्तिजन्य पदार्थको किनबेचमा रोक लगाइएको र यसको प्रभावकारी कार्यान्वयन गरिएको दावी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सुर्तिजन्य पदार्थबाट हुने जोखिमबाट आम नागरिकमा सन्देश पु¥याउन जरुरी रहेको भन्दै यसका लागि सबैभन्दा पहिले सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गर्नुपर्ने बताए । उनले यसका लागि रुपन्देहीका १६ वटै पालिकाले समूहिक पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिषा काफ्लेले सुर्तिजन्य पदार्थको प्रयोग र सेवनबाट क्यान्सरको जोखिम सबभन्दा बढी हुने र यसको नियन्त्रणका लागि तीर्नै तहका सरकारहरु जिम्मेवार बन्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?