© २०२३
बुटवल, ७ असार । बुटवल मिलनचोकको डेल्टा एजुकेसन मार्टमा बिहीबार सांझ ७ बजेतिर भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ ।
फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट शुरु भएको आगलागीलाई बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकलले करिब ५ घण्टामा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए । मार्टको तेस्रो तलामा किताब,कापी सहित स्टेशनरी सामान र खेलकुदका सामान, दोश्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस, तलामा नेपालका विभिन्न कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
१० वटा दमकलसंगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुई तलाको आगो बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए ।
मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभित भएका थिए । मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ ।
मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिएपनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।
छ वर्ष अघि बुटवलका ठूला निजी र सरकारी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल समेतको लगानीमा सबैखाले शैक्षिक सामग्रीहरु र विद्यार्थी ड्रेस समेत एउटै ठाउंबाट विक्रि गर्ने गरी मार्ट सञ्चालनमा आएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी