© २०२३
सुर्खेत, ६ असार ।
सुर्खेतमा एक्साभेटरले च्यापिदा एक युवकको ज्यान गएको छ । भेरीगंगा नगरपालिका स्थित छिन्चु बजार नजिकै एक्साभेटरले च्यापिदा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका १६ वर्षिय सञ्जय चौधरीको ज्यान गएको हो । एक्साभेटरको वकेटबाट खस्न जादा घाइते भएका चौधरीको उपचारका क्रममा आज दिउँसो ज्यान गएको हो । घाइते चौधरीको उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
आज विहान सुर्खेत भेरीगंगा न.पा.–१० मा रत्न राजमार्ग सडकखण्ड अन्तर्गत छिञ्चु बजार नजिकबा ३ क ५०३ नं इस्क्याभेटर (जेसिवि) को अगाडि बकेटमा रहेका चौधरी सडकमा लड्न जाँदा सोही एक्साभेटरले च्यापिएका प्रदेश ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।