ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए

५ असार २०८१, बुधबार
५ असार २०८१, बुधबार

सुर्खेत, ५ असार ।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । प्रतिपक्षी दलका सांसद मात्र होइन सत्तापक्षका सांसदहरुले समेत बजेटमा विचौलिया हावी भएको जनाएका छन् । बजेट माथिको छलफलमा बोल्दै अधिकांश सांसदहरुले बजेट सन्तुलित वितरण नभएको बताएका हुन् ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेट नसच्याएको खण्डमा सदन अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाएको छ । विकासको आधारमा भन्दा पनि मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित रहेको सांसदहरुको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसदहरुले विगतमा प्रमुख प्रतिपक्षी दलमा एमाले हुँदा गरिएको व्यवहार अनुसार बजेट संशोधन हुनुपर्ने नत्र काँग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

काँग्रेस सांसद घनश्याम भण्डारीले बजेट सन्तुलित वितरण नभएको जनाएका छन् । ‘बिहानीले दिउँसोको संकेत गर्छ भनेझै बजेटले देखाउँछ । बजेट नेतामुखी रहेको भन्ने हामी माननीयले बुझेका छौ’ सांसद भण्डारीले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरु कर्णाली प्रदेशकै हुनुपर्ने थियो तर, मुख्यमन्त्री, मन्त्री निर्वाचन क्षेत्रका लागि भयो कि भन्ने यस बजेटले देखाउँछ ।’ उनले बजेटमा विचौलिया हावी भएको बताए ।

बजेटमाथि छलफलमा भागलिदै राप्रपाका सांसद सन्तोषी शाहीले पहुँचको आधारमा बजेट वितरण भएको बताइन् । ‘जता मन्त्री उतै बजेट गएको छ’ उनी भन्छिन्, ‘यसले गर्दा आवश्यकता भन्दा पनि पहुँचको आधारमा बजेट वितरण भएको देखिन्छ ।’

छलफलमा सहभागी हुँदै सांसद इन्द्राकुमारी शाहीले बजेट विभेदकारी रहेको बताइन् । आवश्यक र महत्वपूर्ण कार्यक्रममा बजेट नछुट्याइएको बताइन् । ‘बैंंक खाता छोरीको, सुरक्षा जिवन भरीको कार्यक्रम किन हटाइयो यसको जवाफ चाहन्छु,’ उनी भन्छिन्, ‘आस्था र आफ्ना कार्यकर्ता पोस्नको लागि बजेट ल्याइएको छ ।’

माओवादीका सांसद मंगलबहादुर शाहीले सरकारले मनलाग्दी गरेको जनाएका छन् । सांसद शाहीले तीन वटा जिल्लाको भन्दा सुर्खेतको एउटा पालिकामा मात्र बढी बजेट छुट्याएको बताए । जुम्ला, मुगु र कालिकोटमा तीन जिल्लामा २० करोड ६५ लाख बजेट र वीरेन्द्रनगर नगरपालिकामा २४ करोड ५६ लाख बजेट छुट्याइएको जनाए । ‘वीरेन्द्रनगरसँग मेरो गुनासो होइन तर, बजेट वितरणमा यो अन्याय भयो । यो बजेटमा मेरो विरोध छ । यो बजेटमा विचौलिया रहेको पुष्टि हुन्छ । ‘१५ लाखसम्मका विगतमा टुक्रे योजना भनियो तर, अहिले ४० वटा छन् यस्ता योजना एउटै पालिकामा राखिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?