ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो

हाईमास्ट लाइट अग्लो पोलमा चौतर्फी उज्यालो प्रदान गर्ने प्रविधि हो । मुख्य मुख्य चोक एवं ठूला बाटोको संगम क्षेत्रमा राखिने यस लाइट फरक–फरक तरिकाले राखिएको हुन्छ । १२ मिटरदेखि १६ मिटर उचाइ भएको पोलले २५ मिटरको दुरीसम्म उज्यालो पुग्दछ ।
४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

बुटवल, ४ असार । बुटवलमा रात्रीकालीन बजारको अवधारणा अनुसार काम भैरहेको छ । सोही अवधारणालाई मुर्तरूप दिनको लागि बुटवलका विभिन्न ५२ वटा स्थानमा अहिले उच्च क्षमता युक्त सडक बक्ती ‘हाइमास्ट लाइट’ जडान कार्य जारी रहेको छ । बुटवलको अस्पताल लाईन, बसपार्क, तिनकुने, देवीनगर लगायतका स्थानमा बत्ती जडान काम सकिएको छ भने प्राविधिक रूपमा परिक्षण पश्चात नियमित रूपमा बत्ती बल्ने छन् ।

बुटवल उपमहानरापलिकाका उज्यालो बुटवल अभियान लाई लिए बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाइमास्ट लाइट जडानका लागि प्रस्ताव तयार गरी सङ्घीय सरकारमा पठाइएको सोही अनुसार काम भैरहेको रका योजना महाशाखा प्रमुख गौतम रौनियारले बताउँछन् । नेपाल सरकारको सम्पुरक अनुदान ८० लाख, नेपाल सरकारकै ससर्त अनुदान ४० लाख र बुटवल उपमहानरपालिकाको आन्तरिक स्रोत १ करोड १७ लाख १४ हजार ६ सय ८०.१५ रूपैयाँमा बुटवलमा उच्च क्षमताका हाईमास्ट लाईट जडान कार्य जारी रहेको हो ।
उक्त बत्ती जडानको लागि कुल लागत अनुमान २ करोड ३७ लाख १४ हजार ६ सय ४०.१८ रूपैयाँ अनुमान गरिएकोमा नेपाल पावर सोलुसन प्रालिले कुल १ करोड ८१ लख ७२ हजार १ सय ३५.६३ रूपैयाँमा ठेल्ला पाएको थियो ।

वि.सं. २०८० साल माघ १२ गते देखि सुरुवात भएको कार्यक्रम वि.सं. २०८१ जेठ ३१ गते रहेको भएपनि पछिल्लो समयमा म्याद थप गरिए काम भैरहेको छ । प्राविधिकको सर्वेअनुसार कुनै स्थानमा १२ र कुनैमा १६ मिटर अग्ला पोलमा लाईट जडान गरिने छ । आगामी वर्ष जोगिकुटीदेखि चिडियाखोला र धागो कारखाना देखि तिनाउ पुलसम्म जडान गर्ने नगरपालिकाको योजना अनुदसार काम भैरहेको छ ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले रात्रीकालिन बजार व्यवस्थापन अहिलेको आवश्यकता भएकोले यसको लागि उज्यालो बनाउन र बुटवलको सौन्दर्यकरणको लागि यो अभियान प्रभावकारी रहने विश्वास गरिएको जनाकारी दिए । उनले उज्यालो बुटवल अभियान अन्र्तगत विद्युत प्राधिकरणसँग समेत विद्युत आपुर्तीको लागि सम्झौता समेत भएको जानकारी दिँदै यसबाट सुरक्षाको दृष्टिकोणले समेत बत्ती आवश्यक रहेको बताए । उनले भने–‘यो उज्यालो बुटवल अभियान अन्तर्गतकै अभियान हो, जसबाट धेरैले लाभ लिन सक्नुहुन्छ ।’

बुटवलका भित्री गल्ली र स्थानमा समेत सडक बत्ती व्यवस्थापनको लागि स्थानीय टोल विकाससंस्था मार्फत काम भैरहेको मेयर पाण्डेयको भनाइ रहेको छ । टोल विकास संस्था मार्फत सडक बत्ती व्यवस्थापन संगै चौक, गल्लीमा रहेका घरधनी (घरबेटी) लाई अनिवार्य एउटा बत्ती सडक तर्फ फकाएर बाल्नको लागि अभियान नै सुरुवात गरिने गरी सूचना प्रवाह भएको मेयर पाण्डेको भनाई रहेको छ ।

हाईमास्ट लाइट अग्लो पोलमा चौतर्फी उज्यालो प्रदान गर्ने प्रविधि हो । मुख्य मुख्य चोक एवं ठूला बाटोको संगम क्षेत्रमा राखिने यस लाइट फरक फरक तरिकाले राखिएको हुन्छ । १२ मिटरदेखि १६ मिटर उचाइ भएको पोलले २५ मिटरको दुरीसम्म उज्यालो पुग्दछ ।

यसको फाइदा दुर्घटना न्यूनीकरणका साथै साना व्यवसायीहरू, ठेला व्यवसायी, चिया कफी बेच्नेलाई, पर्यटकीय क्षेत्रको रूपमा तथा सुरक्षाको लागि पनि महत्वपूर्ण हुने उपमहानगरको दाबी छ । मुख्य हाइवे अन्तर्गत बुटवल बेलहिया व्यापारिक मार्गमा रहेका सोलार बत्ती स्ट्रीट लाईट रहेकोले बुटवल हाइवेका चोक चोकमा जडान गरिने उपमहानगरले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?