© २०२३
काठमाडौं , ३ असार । नेपालमा घरजग्गा कारोबारमा बृद्धि भएको छ। जेठमा १ सय ३१ मालपोत कार्यालयले १ लाख ७५ हजार ६ सय २० कारोबार गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
नेपाल राष्ट्र बैंकले जेठ पहिलो साता चालू आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत घरजग्गा कारोबारलाई सहज बनाएको थियो। यसअनुसार घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी अनुपातलाई ७० प्रतिशत कायम गरेको थियो। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो।
जेठ महिनामा १३१ मालपोत कार्यालयबाट लिखत पारित ६१ हजार १ सय ६१, नामसारी ७ हजार ७२, संशोधन १५ हजार ९२०, हालसाबिक ४ हजार १३७, रोक्का ४४ हजार ९७५, फुकुवा ३४ हजार २४०, अपार्टमेन्ट लिखत पारित ३०, जग्गा दर्ता ७५ कारोबार भएको छ।
त्यसैगरी दाखिल खारेज २७१३, मोही हक कायम ३, मोहियानी हक नामसारी ११०, मोही लगत कट्टा ५४१, जग्गा बाँडफाँट १६५, प्रतिलिपि प्रक्रियासम्बन्धी ३ हजार ६७६ वटा कारोबार भएको छ।
कुल कारोबारमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ११ हजार ६०५ कारोबार भएको छ। उक्त कार्यालयबाट १ हजार ९ सय ८१ लिखत पारित, १३९ नामसारी, ५ हजार ९०३ संशोधन, ३१७ हालसाबिक, १५०४ रोक्का र १३५९ फुकुवाको कारोबार भएको विभागले उल्लेख गरेको छ।
उक्त कारोबारबाट कुल ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७ सय ६९ रुपैयाँ राजस्व संकलन भएको विभागले उल्लेख गरेको छ।
उक्त राजस्व १ सय ३२ मालपोत कार्यालयबाट संकलन भएको हो।
यसअघि वैशाखमा कुल १ अर्ब ३९ करोड ९० लाख ८४ हजार रुपैयाँ, ०८० चैतमा १ अर्ब ४६ करोड ९१ लाख र फागुनमा १ अर्ब २८ करोड ५० लाख रुपैयाँ कुल राजस्व संकलन भएको थियो।
कारोबारतर्फ वैशाखमा १ लाख ४१ हजार ७ सय ८२, ०८० चैतमा १ लाख ४६ हजार ६ सय ५०, फागुनमा १ लाख ४६ हजार ७०८ वटा कुल कारोबार भएको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी