© 2026
भैरहवा, २ असार ।
कपिलवस्तु जिल्लामा बाल तथा मातृ मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय, कपिलवस्तुको समन्वयमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाले शनिबार गोरुसिंगेमा सरोकारवालाहरुसँग ‘भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले यस्ता कार्यक्रमले विशेष गरी पिछडिएका समुदायलाई सरकारको सहृशताब्दी लक्ष्य अनुरुप बाल तथा मातृ मृत्युदर न्यूनीकरण गर्न टेवा पुग्ने बताए ।

त्यस्तै युसीएमएस शिक्षण अस्पतालकी महिला तथा प्रसुति रोग विभाग विशेषज्ञ उप.प्रा.डा.मनोज लम्साल र बालरोग विशेषज्ञ डा.दिनेश चौधरीले स्वास्थ्य क्षेत्रमा हाल विकसित तथा उपलब्ध अत्याधुनिक सीप तथा प्रविधि सम्बन्धमा सरोकारवालाहरुलाई आफ्नो प्रस्तुतिमार्फत जानकारी गराएका थिए ।
क
पिलवस्तु जिल्लाका ३६ वटा स्वास्थ्य संस्थाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.किशोर बन्जाडे, स्वास्थ्य कार्यालय, कपिलवस्तुका फोकलपर्सन शान्ति भण्डारी लगायतले आफ्ना भनाइ राखेका थिए ।

युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को सभापतित्व तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिपरा अस्पताल, बाणगंगाका मेसु डा.तेजेन्द्र चौधरी, कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. सफिना खातुन, डा. गौरव खनाल, व्यवस्थापक मेनुका राना, युसीएमएस शिक्षण अस्पतालका वित्त नियन्त्रक सुरज पौडेल, मेट्रोन विष्णु गुरुङ्ग, प्रशासन संयोजक तेज कुमार के.सी.लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युसीएमएसका शिक्षण अस्पतालकी प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सूचना अधिकारी सुशील गुरुङ्गलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।