© २०२३
नवलपुर ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डण्डामा राखिएको छ । केही दिनदेखि चाइना स्टेट कम्पनीले केरुङ्गे खोलामा दोहन गरिरहेको प्रहरीको भनाइ छ ।